Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा

सेयर बजार परिसुचक दुई हजार ५६ बिन्दुमा


काठमाडौं । सेयर बजार परिसुचक ओरालो लागेको छ । अघिल्लो दिन ४३ अंकले ओरालो लागेको सेयर बजार परिसुुुचक साताको चौंथो कारोबार दिन आज बुधबार पुन पाँच दशमलव ९१ अंकले ओरालो लागेर दुई हजार ५६ दशमलव ८८ बिन्दुमा झरेको छ ।

क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ६८ अंकले ओरालो लागेर तीन सय ९५ दशमलव ७५ बिन्दुमा झरेको छ । आज १३ वटा उपसमुहहरु अन्तर्गत दुई सय १८ वटा कम्पनीहरुको सेयर किनबेच भएका छन । जसबाट ३६ हजार एक सय ३४ पटकको कारोबारमा ४६ लाख ४० हजार आठ सय ४४ कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही खरिद बिक्रीका आधारमा आज कुल सेयर कारोबार रकम एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ रुपैयाँ पुगेको छ ।

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा आज कारोबार भएका कुल उपसमुहहरु मध्ये दुई वटा उपसमुहहरुको सुचक बढेका छन् भने बाँकी ११ वटा उपसमुहहरुको सुचक घटेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया