पुल निर्माणको काम कछुवा गतिमा, ढिलाइ हुँदा स्थानीयलाई सास्ती
कञ्चनपुर, फागुन १४
कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पुल निमार्णको काम कछुवा गतिभन्दा पनि ढिला पाइएको छ । पुल निर्माणको काम ढिलाइ हुँदा स्थानीय समस्या भोगिरहेका छन् ।कृष्णपुर नगरपालिका वडा नम्बर १ को दोमिल्लामा करिब चार वर्ष पहिले निर्माण कार्य थालेको थियो तर उक्त पुल हालसम्म निर्माण हुन सकेको छैन । बुडर नायल बंक सकडखण्डको कृष्णपुर नगरपालिकाको वडा नम्बर १ अन्र्तगत पर्ने ओदाल गाड र खारखोलामा निर्माणाधीन पुलको निर्माण कार्यमा ढिलासुस्ती भएको स्थानीयले बताएका छन् । पुल निर्माणको काममा ढिलाइ भएको हँुदा बच्चाहरूलाई विद्यालय जान समास्या हुनेगरेको छ, यसले गर्दा नदी तर्नुपर्दा समस्या हुनेगरेको स्थानीय दिपक भण्डारीले बताए । उनले वर्षाका बेलामा पुल नहुँदा निकै समस्या हुनेगरेको बताए । ‘वर्षातका समयमा समस्या हुन्छ, बच्चाहरूलाई स्कुल पु¥याउन कठिनाइ हुन्छ, कुनै इमरजेन्सी केसहरू परेमा बाटो नहुँदा समस्या परिरहन्छ, कछुवाको गतिमा पुलको काम भइरहेको देखिन्छ ।’ भण्डारीले भने । ओदाल गाड र खारखोलामा निर्माण भइरहेका पुल थेगिङ कम्पनीले जिम्मा लिएको छ । कम्पनीले उक्त दुवै पुल सडक विभाग महेन्द्रनगरसँग २०७३ साल भदौ १७ गते एक वर्षभित्र निर्माण गरिसक्ने गरी सम्झौता गरेको थियो ।
तर, हालसम्म उक्त दुवै पुलको काम सबस्ट्रक्चर निर्माण गर्नेबाहेक अगाडि बढाउन सकेको छैन । सुपर स्ट्रक्चर बनाउन सकेको छैन । सम्झौताअनुसार कम्पनीले उक्त पुल २०७४ साल फागुन १५ गते सक्ने सम्झौता गरेको थियो तर हालसम्म निर्माण कार्य आधा पनि सकेको छैन । सडक विभागले ढिलासुस्ती गरेको भन्दै ठेक्काको करिब १० प्रतिशत हर्जाना लगाइसकेको छ । उक्त कम्पनीले ओदाल गाड पुलको दश प्रतिशत हर्जाना तिरिसकेको छ भने खारखोलाको हालसम्म नतिरेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकृत लक्ष्मण जोशीले बताए । उक्त दुवै पुलको लम्बाई ७० मिटर रहेको बताइएको छ ।सडक विभागले उपलब्ध गराएको विवरणअनुसार उक्त दुवै पुलमध्ये ओदाल गाडको पुलमा आठ करोड ४७ लाखमा भ्याटसहित सम्झौता भएको थियो भने खारखोलाको पुल छ करोड ७९ लाख रूपैयाँमा सम्झौता भएको थियो । दुवै पुलको ठेक्का पाएको थेगिङ कन्ट्रक्सन कम्पनीले म्याद थप गर्न निवेदन दिएको छ । उसले आगामी असारसम्म दुइटै पुलको एउटा–एउटा स्पान निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत जनाएको सडक विभागका सूचना अधिकृत जोशीले बताए । पुल निर्माणमा ढिलाइ भइरहँदा सडक विभागले कानमा तेल हालेर बसेको स्थानीयले आरोप लगाएका छन् । स्थानीय वीरबहादुर साउदले सुत्केरी महिलाको केसमा डेलिभरीजस्ता केस परेको बेला पुल नहँुदा बाटोमै ज्यान गुमाउनु पर्ने अवस्था आएको बताए । ‘नदीमा पुलको समस्या छ, सडक विभाग कानमा तेल हालेर बसेको छ, ठेकेदार पनि ठग हो’, उनले भने– ‘राज्य र ठेकेदार दुवैले लापरबाही गर्छन्, अफिसमै गएर कुरा गरे पनि समस्या सुन्दैनन् ।’
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया