विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोडबराबरको सहुलियतपूर्ण ऋण दिने
काठमाडौं । विश्व बैंकले नेपाललाई १२ अर्ब ७५ करोडबराबरको सहुलियतपूर्ण ऋण दिने भएको छ । नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड)का लागि विश्व बैकले १० करोड अमेरिकी डलरबराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो ।
अर्थ मन्त्रालयमा सोमबार आयोजित एक कार्यक्रमकामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहयोग समन्वय महाशाखाका सहसचिव ईश्वरीप्रसाद अर्याल र माल्दिभ्स, नेपाल र श्रीलंकका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले सहुलियतपूर्ण ऋणसम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।
बजेटरी सहायताका रूपमा उपलब्ध हुने सो सहयोगले नेपाललाई हरियाली, जलवायु उत्थानशील र समावेशी विकासतर्फ अग्रसर हुन सघाउने बताइएको छ । ‘ग्रीड’अन्तर्गत तीन चरणमा प्राप्त हुने सहुलियत ऋणमध्येको यो यो पहिलो चरण हो ।
‘यो सहायताले हरित, समावेशी र उत्थानशील विकासका लागि सरकारको लक्ष्यलाई सघाउनेछ’, विश्व बैंकका सञ्चालन प्रबन्धक स्ट्रोलकोभाले भनिन्, ‘यस कार्यक्रममार्फत हामी, पानी, भूमि प्रयोग, जलवायु स्मार्ट कृषि, दिगो वन व्यवस्थापन, सहरी क्षेत्र, फोहर व्यवस्थापन र प्रदूषणलगायतका क्षेत्रमा सरकारको प्राथमिकतामा रहेका नीतिगत प्रयासलाई सहयोग गर्दछौँ ।’
नेपालको ग्रीड मार्गतर्फको प्रस्थान भनेको यस चुनौतीपूर्ण समयका लागि अवसरले भरिपूर्ण आवश्यक रणनीतिक कदम भएको उनले बताइन् ।
कोभिडबाट आर्थिक पुनरुत्थानका साथै हाल विद्यमान विपत्, जलवायु तथा वातावरणीय जोखिमलगायत दिनप्रतिदिन जटिल बन्दै गएको नेपालको विकाससम्बन्धी चुनौतीको माझमा गरिबी निवारण गर्दै देशको समृद्धिका लागि भइरहेको प्रगतिलाई विस्तार तथा संरक्षण गर्न यसले सघाउने सहसचिव अर्यालले बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- गोर्खाज फाइनान्सका अध्यक्षको सपथ
- सन नेपाल लाइफको सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट
- समृद्धि फाइनान्सका ग्राहकलाई आर्सिया डेन्टलमा छुट
- सेल्सवेरीका नयाँ दुई शाखा
- औद्योगिक जोखिम नियन्त्रण र प्रतिकार्य अभिमुखीकरण कार्यक्रम
- भारतमा लोकसभा निर्वाचन अवलोकन गर्न २३ देशका प्रतिनिधि उपस्थित
- सन् २०२६ महिला कृषकको अन्तर्राष्ट्रिय वर्ष घोषणा
- सम्मरीमाई गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया