वसन्तपुर क्षेत्रका छरपस्ट निर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिएका छन् । इन्द्रजात्राको तयारीबारे बुझ्न मंगलबार हनुमानढोका दरबार क्षेत्र निरीक्षणमा गएका मन्त्री श्रेष्ठले यत्रतत्र राखिएका इँट्टा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमनदेखि सम्पदा क्षेत्र अवलोकनमा समेत बाधा पुगेकोले त्यस्ता सामग्री तत्काल हटाउन निर्देशन दिएका हुन् ।
विश्वसम्पदामा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमानढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व विभाग र स्थानीय संघ÷संस्थालाई उनले आग्रह समेत गरे । नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रालगायत महत्वपूर्ण जात्राहरु व्यवस्थापनमा समेत चुनौती सिर्जना हुने उनको भनाइ छ । सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भूकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुनर्निर्माणको काम भइरहेको छ । मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नुपर्नेमा जोड दिए । अहिले वसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ । सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया