Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभरपेट भोजनालयको वार्षिकोत्सव

भरपेट भोजनालयको वार्षिकोत्सव


काठमाडौं । वीरगन्जस्थित भरपेट भोजनालयले स्थापनाको एक वर्ष मनाएको छ । ५० रुपैयाँमा भरपेट भोजन उपलब्ध गराउने उद्देश्यले सुरु भएको भोजनालयले स्थापनाको एक वर्ष मनाएको हो ।

वार्षिकोत्सवको अवसरमा भोजनालयले शनिबार वार्षिकोत्सव समारोह तथा इट फर च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा विभिन्न व्यक्तिहरुले सम्बोधन गरेका थिए । यो एक वर्षमा भोजनालयको आम्दानी कुल ३८ लाख नौ हजार आठ सय १६ रुपैयाँ रहेको तथा कुल खर्च भने ५९ लाख छ हजार नौ सय ६२ रुपैयाँ भएको छ । कुल २० लाख ९७ हजार एक सय ४६ रुपैयाँको घाटामा भोजनालय सञ्चालन भएको छ । ५० रुपैयाँमा बिक्री हुँदै आएको खाना बनाउन प्रतिप्लेट नै ७७.५५ रुपैयाँ पर्ने भोजनालयले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया