आर्जन बचत तथा ऋण सहकारीको १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । आर्जन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । शनिबार ललितपुरको हेरिटेज गार्डेनमा भएको सभाले संस्थाले प्रस्ताव गरेको लाभांश वितरणको प्रस्तावलाई पारित गरेको हो ।
साथै सभाले आर्थिक वर्ष ०७८/०७९ असार मसान्तसम्मको संस्थाको आर्थिक गतिविधि लेखापरीक्षण प्रतिवेदन पनि सर्वसम्मतले पास गरेको छ । चुक्ता पुँजी तीन करोड ३७ लाख ३९ हजार सात सय रहको संस्थाले आव ०७८/०७९ मा एक करोड चार लाख ३८ हजार पाँच सय सात रूपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संस्थाले अघिलो आर्थिक वर्ष ०७७/०७८ मा यस्तो नाफा ८३ लाख ५६ हजार छ सय १५ रूपैयाँ कमाएको थियो । यो नाफा अघिल्लो वर्षका तुलनामा झण्डै २५ प्रतिशतले वृद्धि हो ।
सभामा ललितपुर महानगरपालिकाको सहकारी महाशाखा प्रमुख चन्द्रलाल डंगोलले साउन १९ गतेबाट महानगरले लागू गरेको सहकारी नियमानुसार १६ प्रतिशतभन्दा बढी ब्याज नलिन आग्रह गरे । यस्तै सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष प्रविण सुवेदीले आर्थिक वर्ष ०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा संस्थाले ०७९ सालको एसईईमा सर्वाेकृष्ट नतिजा ल्याउने नौ जना सेयरधनीका छोराछोरी, संस्थामा उत्कृष्ट कारोबार गर्ने दुई जना सेयरधनीहरू र संस्थामा पाँच वर्षभन्दा बढी लगातार कार्यरत कर्मचारीलाई सम्मान गरिएको थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया