महँगी नियन्त्रणमा नल्याए विश्वभरका मानिस सडकमा पुग्ने आईएमएफको चेतावनी
अमेरिका । बढ्दो महंगीविरुद्ध तत्काल आवश्यक कदम नचाले गरिबीको रेखामुनि रहेका विश्वका मानिसहरु सडकमा पुग्ने चेतावनी अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)ले दिएको छ । आईएमएफले अत्यन्त जोखिममा रहेका मानिसहरुलाई रक्षा गर्न पनि महंगी नियन्त्रण जरुरी भएको बताएको हो ।आईएमएफकी प्रमुख क्रिस्टालिना जर्जिएभाले बुधबार चेतावनी दिँदै उक्त कुरा बताएको सीएनएनले जनाएको छ ।
‘यो सोच्न महत्वपूर्ण भइसकेको छ कि धेरै संकटले यसअघि नै मानिसहरुको सहनशीलता र धैर्यको परीक्षण गरिसकेको छ र यदि कुनै कदम उनीहरुलाई रक्षा गर्न चालिँदैन भने परिणाम भयावह हुनसक्छ’, उनले भनिन्, ‘यदि महंगी तत्काल नरोके यसले जोखिमपूर्ण अवस्थाका मानिसलाई चोट पु-याउनेछ । किनभने खाद्य र ऊर्जाजन्य वस्तुको मूल्यवृद्धि उनीहरुका लागि विस्फोट भइसकेको छ । त्यसकारण हामीले गरिब मानिसहरुबारे पहिले सोच्नुपर्छ र महंगीविरुद्ध एकजुट हुनुपर्छ ।’
त्यसो त अहिले विश्वका केन्द्रीय बैंकहरुसँग ब्याजदर बढाउनेबाहेक महंगीविरुद्ध लड्ने अन्य कुनै उपाय नभएको उनको भनाइ थियो । उनले सबैलाई मद्दत गर्ने आर्थिक नीतिको खाँचो रहेको उनको भनाइ छ । उनले आर्थिक वृद्धिका लागि नीतिगत उपाय अपनाएर मूल्यमा स्थिरता ल्याउनुपर्ने बताइन् । कोभिड १९ को भेरिएन्ट ओमिक्रोनसँगै रुसले गरेको युक्रेनविरुद्धको आक्रमणले अहिले विश्वमा महंगी बढेको उनको भनाइ थियो ।
उनले यो वर्ष गाह्रो भएको र अर्को वर्ष झनै गाह्रो हुनसक्ने बताउँदै अहिले अनुमानै गर्न नसकिने बताइन् । महामारी, युद्ध र रुसी आक्रमणले ऊर्जा र खाद्य क्षेत्रमा महंगी तीन वर्षयता ह्वात्तै बढेको उनले बताइन् ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया