काठमाडौं । नेपाल हस्तकला महासंघले आफ्नो स्थापनाको ५० वर्ष (स्वर्ण वर्ष) पुगेको अवसरमा मध्यपुर थिमी नगरपालिकास्थित सिद्धिकाली क्षेत्र कुटुः डाडा सञ्जीवनी पार्कमा वृक्षरोपण गरेको छ ।
महासंघले शनिबार उक्त पार्कका १६ प्रजातिका ५० भन्दा बढी बिरुवाहरु रोपेको जानकारी दिएको छ । महासंघका अध्यक्ष प्रचण्ड शाक्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा बागमती प्रदेश सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलन बाबु श्रेष्ठ, राज्यमन्त्री रजनी जोन्छे अमात्यलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा महासंघका अध्यक्ष शाक्यले महासंघले स्वर्ण वर्षको अवसरमा विभिन्न प्रवर्द्धनात्मक कार्यक्रमहरु, सामाजिक उत्तरदायित्वमुखी कार्यक्रमहरु सञ्चालन गरिरहेको बताए ।
साथै उनले महासंघले हस्तकला क्षेत्रको लागि नीतिगत पैरवीको साथै व्यवसायमैत्री नीति नियम तर्जुमाको लागि पहल गर्दै आएको जानकारी दिए । कार्यक्रममा बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मिलन बाबु श्रेष्ठले स्थानीय हस्तकलाका वस्तु प्रवद्र्धनको लागि बागमती प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । हस्तकला क्षेत्रको दिगो विकासको लागि हस्तकला ग्राम स्थापनासम्बन्धी ऐन अध्यादेशमार्फत भए पनि तर्जुमा गर्ने सरकारले तयारी गरी रहेको उनले जानकारी समेत दिए ।
यस्तै बागमती प्रदेशसभाका पूर्वसदस्य माधव पौडेलले हस्तकला क्षेत्रको दिगो विकासको लागि महासंघले महत्वपूर्ण कार्य गरिरहेको बताए । साथै उनले बागमती प्रदेश सरकारबाट हस्तकलाको दीर्घकालीन विकासको लागि आवश्यक पर्ने ऐन नीतिनियम तर्जुमा गरी यस क्षेत्रको विकासमा सघाउनु पर्ने उल्लेख गरे । कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाकी निर्वतमान उपप्रमुख अन्जना देवी मधिकर्माले स्थानीय सरकार मध्यपुर थिमिमा रहेको हस्तकला उद्योग व्यवसायको संरक्षणप्रति क्रियाशील रहेको उल्लेख गरिन् ।
उनले स्थानीय महिलाहरुले हस्तकला व्यवसाय गरी रोजगारी प्राप्त गरी रहेको पनि बताइन् । मध्यपुर थिमि नगरपालिका वडा नं ६ का वडा अध्यक्ष ज्ञान दास प्रजापतिले आफ्नो वडामा हस्तकला लगायत स्थानीय उद्योग व्यवसाय प्रवद्र्धनको लागि पर्याप्त बजेट छुट्याएको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया