Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारडिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने

डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने


काठमाडौं ।  डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने भएको छ । चितवनको भरतपुर नगरपालिका वडा नं. १० भरतपुरमा रजिष्टर्ड कार्यालय रहेको डिप्रोक्सले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. ७ बनेपामा रजिष्टर्ड कार्यालय रहेको आदर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न लागेको हो । प्राप्ति प्रक्रियाको लागि दुवै संस्थाहरूबीच यही असोज १४ गते प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

आदर्श लघुवित्तलाई प्राप्ति गर्ने प्रक्रियामा रहेको डिप्रोक्सले आर्थिक वर्ष २०७८–०७९ मा ५७ करोड ४० लाख २२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा ६५ करोड ३१ लाख ८७ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब १५ करोड ६२ लाख ४८ हजार रुपैयाँ रहेको संंस्थाले आव २०७८–०७९ मा सात अर्ब ९७ करोड एक लाख ७८ हजार निक्षेप संकलन गरी १८ अर्ब ३४ करोड ४७ लाख ९९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक अर्ब ३८ करोड ५३ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव शून्य तीन प्रतिशत कर्जा निष्क्रिय रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले छ अर्ब ५४ करोड पाँच लाख ७३ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब ५६ करोड १२ लाख ७८ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब ३३ करोड ९० लाख ९३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको संस्थामा शून्य दशमलव ९२ प्रतिशत रहेको थियो । यसैगरी आर्दश लघुवित्त वित्तीय संस्थाले भने आर्थिक बर्ष २०७८–०७९ मा ६८ लाख ९३ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ लाख ९९ हजार रुपैयाँ रहेको थियो ।

हाल चुक्ता पुँजी दुई करोड सात लाख रुपैयाँ रहेको संस्थाले आर्थिक वर्ष २०७८–०७९ मा १४ करोड ५३ लाख ६९ हजार रुपैयाँ निक्षेप संकलन गरी २७ करोड ७३ लाख ८६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा एक करोड ७५ लाख ३९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम नौ लाख ५७ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव शून्य छ प्रतिशत रहेको छ ।

अघिल्लो आवमा भने संस्थाले ११ करोड ९० लाख २३ हजार रुपैयाँ निक्षेप संकलन गरी २३ करोड १४ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक करोड ५३ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २० लाख ६३ हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात एक दशमलव ३३ प्रतिशत रहेको थियो ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया