मौसम खुलेसँगै पर्यटकीय क्षेत्रमा आंशिक चहलपहल सुरु
दोलखा । धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा परिचित दोलखामा मौसम खुलेसँगै यहाँका पर्यटन क्षेत्रमा आंशिक चहलपहल सुरु भएको छ । बर्खा लागेसँगै निकै सुनसान देखिएको जिल्लामा दशैँपछि भने सात हजारभन्दा बढी बाहिरी पर्यटक भित्रिएको पाइएको छ ।
जेठयता वर्षाको समय भएकाले लगातारको झरीका कारण जिल्लाका पर्यटकीय गन्तव्य सुनसान बनेका थिए । तर असोज तेस्रो सातदेखि मौसम खुलेर वर्षा रोकिएसँगै जिल्लाका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य स्थलहरू कालिञ्चोक, शैलुङ, जिरी, हनुमन्ते, च्छोरोल्पालगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटनको संख्या वृद्धि आएको हो । दशैँपछि जिल्लाका अन्य क्षेत्रमा भन्दा उत्तरी क्षेत्रमा घुम्न जाने पर्यटनको संख्या थप वृद्धि भएको पाइएको छ ।
दोलखाको उत्तरी क्षेत्रको मुख्य पर्यटकीय स्थल च्छोरोल्पा हिमताल घुम्न जाने पर्यटक संख्यामा वृद्धि आएको हो । अन्य स्थलको तुलनामा च्छोरोल्पा यात्रा भने कठिन हुने गरेको छ । च्छोरोल्पामा ताल हेर्न र त्यहाँको वातावरणसँग रमाउन तीनदेखि पाँच दिनको पैदलमार्गमार्फत जान सकिन्छ । यहाँ छिमेकी देशबाट समेत पर्यटक घुम्न आउने गरेका छन् । दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर –९ मा रहेको च्छोरोल्पा हिमतालमा दशैँपछि घुम्न जाने धेरैजसोतसो युवाहरूको समूह रहेको छ । चार हजार पाँच सय ८० मिटर उचाइमा रहेको यस हिमतालमा दैनिक दर्जनको हाराहारीमा युवाहरू पुग्ने गरेका छन् । साथै विदेशी पर्यटकहरू समेत च्छोरोल्पा हुँदै टासीलाप्चा पास गरेर सोलुखुम्बु जाने गरेका छन् ।
च्छोरोल्पासँगै सधैँ चहलपहल देखिने कालिञ्चोक भगवतीको मन्दिरमा जाने पर्यटनकको संख्यामा पनि वृद्धि आएको छ । मौसम खुलेको बेला दोलखाका प्राकृतिक सम्पदाहरूको सहज रूप अवलोकन गर्न सकिने कालिञ्चोकमा दशैँपछि दैनिक दर्जनौँ सवारी ओहोरदोहोर गर्न थालेको कालिञ्चोकका होटल व्यवसायी नवराज पाख्रिनले बताए । दशैँमा सडक सफा गरेकाले पनि पर्यटकको संख्या केही वृद्धि आएको उनले जानकारी दिए । झन्डै चार दर्जन ठूला होटल रहेको कुरीमा दशैँपछि प्राय होटलहरू बुकिङ भइरहेका छन् । यस क्षेत्रमा कात्तिक लागेसँगै घुमघाम गर्ने सिजन सुरु हुने गर्छ । कात्तिकदेखि माघसम्म कालिञ्चोक क्षेत्रमा बाक्लो हिमपात हुने हुँदा यस समयमा यहाँ घुम्न आउने पर्यटकको घुइँचो नै लाग्ने गरेको छ ।
यता प्रचारको हिसाबले ओझेलमा परेको बैतेश्वर गाउँपालिका र जिरी नगरपालिकाको सिमाना पर्ने पर्यटकीय स्थल हनुमन्ते डाँडामा पनि पर्यटकहरू घुम्न जान थालेका छन् । प्राकृतिक रूपमा निकै सुन्दर दृश्यले भरिपूर्ण यस क्षेत्रमा दोलखा जिल्लाभित्रबाट आन्तरिक पर्यटक घुम्न जान थालेका हुन् । प्रचारप्रसारको हिसाबले पछि परे पनि प्राकृतिक हिसाबले हनुमन्ते डाँडा निकै सुन्दर रहेको छ । हनुमन्ते डाँडा घुम्न बिदाको समय पारेर जिरी, बैतेश्वर, गौरीशंकर, तामाकोशीलगायतका ठाउँबाट आन्तरिक पर्यटकहरू जाने गर्छन् । त्यसैगरी जिरी र शैलुङ क्षेत्रमा रहेका पर्यटकीय स्थलहरूमा पनि दशैँपछि फाट्टफुट्ट पर्यटक ओहोरदोहोर गर्न थालेको स्थानीयले बताएका छन् ।
क्याटेगोरी : नेपाल
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया