‘काम गर्ने धेरै अवसर थियो तर पाँच वर्ष खेर फाल्यौँ’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्वस्वास्थ्यमन्त्री गगन थापाले पाँच वर्षको समय खेर गएको बताएका छन् । ‘काम गर्नको लागि धेरै अवसर र समय थियो तर यहीबीचमा देखिएको राजनीतिक अस्थिरताले गर्दा पाँच वर्षको समय खेर गयो’, उनले भने ।
काठमाडौंको डिल्लीबजारस्थित नाग मन्दिर उपभोक्ता समिति र युवा हुंकार मासिक पत्रिकाको संयुक्त आयोजनामा भएको चियापान कार्यक्रममा थापाले मुलुकको दिगो आर्थिक विकास र समृद्धिको लागि पल–पलको समय महत्वपूर्ण हुने भन्दै अबका दिनहरूमा कुनै पनि समय खेर फालेमा कँही–कतै पनि त्यो क्षम्य नहुने बताए । आफूले विसं २०७४ सालमा ‘नयाँ नेपाल सम्भव छ ?’ भनेर अभियान सुरु गरेको भन्दै त्यही नयाँ नेपाल बनाउनको दृढ इच्छाशक्ति र आस्थाका साथ योजना र नीतिहरू बनाएर आफू अगाडि बढेको उनको भनाइ थियो । ‘यो मेरो मात्र नीति होइन, सिंगो नेपाली कांग्रेसको सिंगो मुलुकलाई, आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थ, पूर्वाधारलगायतका सबै क्षेत्रमा समृद्ध बनाउने नीति हो’, उनले भने ।
कार्यक्रममा नाग मन्दिर उपभोक्ता समितका अध्यक्ष एवं वरिष्ठ चिकित्सक डा. सुधांशु केसीले सरकार एवं सबै राजनीतिक दलहरूले स्वास्थ क्षेत्रलाई सबैको पहुँचमा पुग्ने गरी नीति तथा योजना बनाई कार्यान्वयन गर्नुपर्ने बताए । मुलुक आर्थिकरूपमा समृद्ध हुनुको लागि पनि पहिला जनता स्वस्थ हुनुपर्ने भन्दै स्वास्थ्यलाई उच्च प्राथमिकताको सूचीमा राखेर काम गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता प्रकाश महर्जनले मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशामा अगाडि लानको लागि सही नेतृत्व छान्नु आवश्यक रहेको बताए । त्यो नेतृत्व छान्ने सही अवसर अहिले हो, सबैले आफ्नो स्वविवेक प्रयोग गरौँ’, उनले भने । सोही कार्यक्रममा नेपाली कांग्रेसकी महिला नेत्री कृष्ण कुमारी बस्नेतले आम नागरिकलाई सुझबुझका साथ सचेत भएर देशको लागि सही नेतृत्व छान्न आग्रह गरिन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ‘हिमाललाई पीडा’ दिइएको भन्दै सर्वोच्च अदालतद्वारा जारी आदेशका तीन खास कुरा
- गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
- आइसिसी टी–२० विश्वकपका लागि रोहित पौडेलको नेपाली टोलीको घोषणा
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया