सुदूरपश्चिम प्रदेशको कृषि कर्जामा २६ प्रतिशतले वृद्धि
काठमाडौं । बैंक तथा फाइनान्स कम्पनीहरुले सुदूरपश्चिम प्रदेशका विभिन्न नौवटा जिल्लाहरुमा कृषि कर्जा बढाएका छन् । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन सम्बन्धी सुदूरपश्चिम प्रदेशको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार २०७९ असार मसान्तसम्ममा बैंक तथा फाइनान्स कम्पनीहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको कृषि कर्जा २०७८ असार मसान्तको तुलनामा २६ प्रतिशतले बढेर १५ अर्ब २२ करोड ५४ लाख पुगेको छ ।
राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा यस्तो कर्जा ४७ दशमलव ६३ प्रतिशतले बढेको थियो । कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवामा १८ दशमलव ७६ प्रतिशत र सबैभन्दा कम शून्य दशमलव शून्य तीन प्रतिशत सुर्तीमा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव १९ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश ६५ दशमलव ५४ प्रतिशत, कञ्चनपुरको १९ दशमलव ८० प्रतिशत, डडेल्धुरा, डोटी,दार्चुला, बझाङ, अछाम, बैतडी, तथा बाजुराको अंश क्रमशः तीन दशमलव ८१ प्रतिशत, दुई दशमलव ४६ प्रतिशत, दुई दशमलव ४१ प्रतिशत, एक दशमलव ९५प्रतिशत, एक दशमलव ४९ प्रतिशत, एक दशमलव ४८ प्रतिशत र एक दशमलव शून्य छ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
बैंक तथा फाइनान्स कम्पनीहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको सहुलियतपूर्ण कर्जा भने २०७८ असार मसान्तको तुलनामा ४० दशमलव २४ प्रतिशतले बढेर १० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार गत वर्ष को सोहीअवधिमा यस शीर्षकमा सात अर्ब ५३ करोड कर्जा प्रवाह भएको थियो ।त्यसैगरी २०७९ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुबाट सुदूरपश्चिम प्रदेशमा प्रवाह भएको पुनर्कर्जा २०७८असार मसान्तको तुलनामा १९ दशमलव ७२ प्रतिशतले वृद्धि भई पाँच अर्ब ३३ करोड ४३ लाख पुगेको छ ।
राष्ट्र बैंकका अनुसार गत वर्ष सोही अवधिमा पुनर्कर्जा शीर्षकमा चार अर्ब ४५ करोड ५५ लाख कर्जा प्रवाह भएको थियो । सोही शीर्षकअनुसार प्रवाहित भएको कर्जामध्ये क्षेत्रगत कृषि कर्जा, सहुलियपूर्ण कर्जा तथा पुनर्कर्जामा कैलाली जिल्लाको हिस्सा सबैभन्दा बढी रहेको छ भने बाजुरा जिल्लाको हिस्सा सबैभन्दा कम रहेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया