अटोमोबाइल्समा लगाइएको आयात प्रतिबन्ध हटाउन माग
काठमाडौं । अटोमोबाइल्स एसोसियन अफ नेपाल (नाडा)ले अटोमोबाइल्स क्षेत्रमा लगाइएको आयात प्रतिबन्ध हटाउन माग गरेको छ । नाडाले शुक्रबार पत्रकार सम्मेलन गरी आयात प्रतिबद्ध फुकुवा गर्न माग गरेको हो ।
सरकारले विगत आठ महिनादेखि पेट्रोलियम पदार्थबाट चल्ने कार, जिप, भ्यानजस्ता निजी प्रयोजनका सवारीसाधनहरूको आयातमा प्रतिबन्ध लगाएको छ । अटोमोबाइल्स आयात प्रतिबन्ध लगाउँदा व्यवसायमा समस्या सिर्जना भएको नाडाका उपाध्यक्ष सुनिल रिजालले बताए । आयात प्रतिबन्धका साथसाथै अटोमोबाइल व्यवसायसँग सम्बन्धित विषयहरुमा राष्ट्र बैंकले ल्याएको एकपछि अर्को व्यवसायअमैत्री नीति नियमहरु हायर पर्चेज कर्जामा ५० प्रतिशतको सीमा, जोखिमभारमा वृद्धि, प्रतितपत्र मार्जिनमा बढोत्तरीलगायत विभिन्न नीतिनियमहरुमा गरिएको कडाइका कारण अटोमोबाइल व्यवसायीहरु पूर्णतः धराशायी हुने अवस्थामा पुगेको नाडाले जनाएको छ । यससँगै हाल जारी गरिएको चालूू पुँजी कर्जा तथा बैंकको ब्याज तथा प्रिमियम दरमा गरिएको वृद्धिका कारण यो व्यवसाय तहसनहस हुने अवस्थामा पुगेको नाडाको भनाइ छ । नाडाका अनुसार सयौँ अटोमोबाइल सोरुमहरु बन्द भइसकेका छन् भने थप अन्य सोरुमहरु समेत बन्द हुने क्रममा रहेका छन् ।
नेपालको अटोमोबाइल क्षेत्रले सरकारको राजस्वमा २१ प्रतिशत योगदान गर्दै आएको छ । यस क्षेत्रले नेपालको विज्ञापन बजारमा ४० प्रतिशत र निर्जीवन विमाको कुल राजस्वमा ५० प्रतिशत हिस्सामा योगदान पु-याउँदै आएको भए पनि सरकारले यस क्षेत्रलाई विलासी वस्तुहरुमा वर्गीकरण गरेको भन्दै नाडाले असन्तुष्टि जनाएको छ । साथै सरकारले यस व्यवसायलाई नै निरुत्साहित गर्ने उद्देश्यले क्रमबद्धरुपमा विभिन्न नीतिगत अवरोधहरु तेस्र्याउने गरेको नाडाको आरोप छ । ती नीतिगत अवरोधहरु हटाई व्यवसायमैत्री वातावरण सिर्जना गर्न पटक–पटक सम्बद्ध निकायहरुसँग अनुरोध गर्दै आए पनि कुनै सुनवाइ नभएको नाडाको भनाइ छ । आफ्नो माग सुनुवाइ नभएको भन्दै नाडाले चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु समेत घोषणा गरेको छ । नाडाले अटोमोबाइल्स व्यवसायीले ब्याजदरमा कटौती, कोरोनाकालमा संकटमा परेका व्यवसायीलाई राहतको व्यवस्था, अटोमोबाइल्सको प्रतिबन्ध फुकुवा हुनुपर्नेलगायतका माग राखेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया