काठमाण्डौं,फागुन २६
खाना पकाउने एलपी ग्यासको कालोबजारी गर्नेको सरकारमाथि तीव्र दबाब परेको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा ग्यास नआउने हल्ला चलाएर कालोबजारी गर्नेहरुले ग्यासको अभाव देखाएका छन् । बजारमा ग्यासको अभाव हुनथालेपछि सरकार थप ग्यास आयात गर्न बाध्य भएको छ । यद्यपि सरकारले ग्यास तथा अन्य खाद्य पदार्थ आवश्यकभन्दा बढी जम्मा नगर्न सर्वसाधारणमा अपिल जारी गरिरहेको छ । सरकारले अपिल जारी गरे पनि बजारमा बिक्रेताहरुले ग्यास तथा खाद्यान्न लुकाउन थालेका छन् । बजारमै ग्यास अभाव हुनथालेपछि नेपाल आयल निगमले भारतबाट विदाको दिनमा पनि ग्यास पठाउन आग्रह गरेको छ । निगमको आग्रहमा भारतले आज फागुन २६ गते र भोलि २७ गते पनि ग्यास पठाउने भएको छ ।
आज पहाडी र भोलि तराईका जिल्लामा होलीको विदा दिइएको छ। विदा दिइए पनि ग्यास आयात र बिक्री जारी रहने निगमले जनाएको छ ।निगमले सोमबार र मंगलबार मात्रै भारतबाट थप एक सय वटा बुलेटमा ग्यास आयात गर्ने छ । एक सयवटा बुलेटमा झण्डै एक लाख २५ हजार सिलिण्डर ग्यास भर्न मिल्छ । सरकारले बारम्बार अभाव हुँदैन भने पनि सर्वसाधारणले नमानेर ग्यास खरिद बढाएका हुन् । नेपालले भारतबाट मात्र पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । बजारमा ग्यास र खाद्य पदार्थको कृत्रिम अभाव सिर्जना गराउन थालेपछि आपूर्ति मन्त्री आफैं बजार अनुगमनका लागि निस्किन थालेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया