दोलखा । जिल्लामा यसवर्ष धान उत्पादनमा कमी आएको छ । प्रायः सबै किसानले मुख्य बालीको रूपमा लगाएको धान बाली भित्र्याइसेका छन् । यसवर्ष धेरैजसो किसानले धान उत्पादन घटेको बताउन थालेका छन् । धान रोपेपछि लगातार परेको झरी, विभिन्न क्षेत्रमा लगाएको नयाँ जातको धानमा लागेको रोग, रासायनिक मल अभावलगायतका कारण धान उत्पादन घटेको हुनसक्ने अनुमान गरिएको छ ।
जिल्लाको करिब दुई हजार नौ सय ३१ हेक्ट्रर क्षेत्रमा धान रोपिएको थियो । यसवर्ष सात हजार तीन सय ३९ दशमलव ५३ मेट्रिक टन मात्रै धान उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापले जनाएको छ । गतवर्ष जिल्लामा सात हजार छ सय ५८ दशमलव ६४ मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष समग्र जिल्लामा तीन सय १९ दशमवल ११ मेट्रिक टन धान कम उत्पादन भएको कृषि ज्ञान केन्द्र रामेछापको सम्पर्क कार्यालय दोलखाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका धेरै क्षेत्रमा किसानहरूले उन्नत नयाँ जातको धान लगाएका थिए । उक्त धानमा अत्यधिक मात्रामा भुस फलेको हुँदा धानको उत्पादन घटेको कार्यालयले जनाएको छ । जिल्लाको तामाकोशी गाउँपालिका विभिन्न क्षेत्रमा लगाइएको नयाँ जातको बीउले धेरै किसानलाई निराश बनाएको थियो । गाउँपालिकाको जफे क्षेत्रमा लगाएको उन्नत जातको धानले धेरै किसानलाई मारमा पारेको तामाकोशी गाउँपालिका जफेका किसान उद्वव पोख्रेलले बताए । पोख्रेलका अनुसार तामाकोशी गाउँपालिकाभित्रका सयौँ रोपनी क्षेत्रमा लगाइएको नयाँ जातको बीउको धान फुलेर मात्रै बसेको थियो । नयाँ जातको बीउमा धानभन्दा धेरै भुस फल्दा यहाँका दर्जनौँ किसानको धान उत्पादनमा कमी आएको उनले बताए ।
तामाकोशी गाउँपालिका अध्यक्ष प्रोणप्रताप केसीले भने किसानले भौगोलिक वातावरणअनुसारको धानको बीउ नलगाउँदा उत्पादन घटेको बताए । कृषि प्राविधिकको सल्लाह नलिईकन आफू खुशी स्थानीय धानको जात छोडेर धेरै उत्पादनको लोभमा विनाअध्ययन बीउ लगाउनाले पनि धान खेतीमा समस्या भएको उनले बताए । किसानले बेँसीमा लगाउन भनेर दिएको बीउलाई लेकमा लगेर लगाउने र लेकमा भनेर दिएको बीउ बेँसीमा लगाउनेजस्ता कारणले गर्दा पनि उत्पादन घटेको उनको भनाइ छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया