लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा यसवर्ष धान उत्पादन घटेको छ । गतवर्षको तुलनामा यसवर्ष धानखेती गरिएको क्षेत्रफलको आधारमा क्षेत्रफल घट्दा धान उत्पादनमा समेत कमी आएको हो ।
गत वर्ष १४ हजार दुई सय ६० हेक्टर जमिनमा धान खेती गरिएकामा यसवर्ष १२ हजार एक सय २५ हेक्टर क्षेत्रफलमा गरिएको धानखेतीबाट ४० हजार ५० मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा अर्थविज्ञ मदन रेग्मीले बताए । उनका अनुसार यसवर्ष जिल्लामा दुई हजार एक सय ३५ हेक्टर जमिनमा धान खेती कम भएको र गत वर्षको तुलनामा चार हजार सात सय २६ मेट्रिक टन धान कमी भएको छ । यसवर्ष जिल्लामा खेतीयोग्य जमिनमध्ये ९७ प्रतिशतमा धान खेती गरिएको थियो भने करिब तीन प्रतिशत जमिन बाँझो रहेको छ । समयमै वर्षा, पर्याप्त मल र उन्नत जातका धानको बीउको अभाबका साथै क्षेत्रफल पनि कम हुँदा उत्पादनसमेत कमी हुन थालेको छ । गतवर्ष १४ हजार दुई सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीबाट ४४ हजार सात सय ७६ मेट्रिक टन धान उत्पादन भएको थियो ।
सुन्दरबजार नगरपालिका–४ का लक्ष्मण लामिछानेले गतवर्ष करिब ३० रोपनी क्षेत्रफलमा धानखेती गरेकोमा यसवर्ष २० रोपनी क्षेत्रफलमा गरिएको धानखेतीबाट करिब ७० मुरी धान उत्पादन भएको उनको भनाइ थियो । गत वर्षमा ३० रोपनीमा धानखेती गर्दा ८० देखि एक सय मुरिसम्म धान उत्पादन गर्दै आए पनि गोरु, कामदार अभावलगायत कारण कम क्षेत्रफलमा धानखेती गर्नुपरेको उनले बताए । त्यस्तै वडाध्यक्षसमेत रहेका सोही स्थानका कृष्णप्रसाद अधिकारीले विगतमा ३० रोपनीमा जमिनमा धानखेती गर्दै आए पनि यसवर्ष गत १० रोपनी जमिनमा मात्र धानखेती गरेको बताए । प्रतिरोपनी एकमुरी धान उत्पादन भएको उनको भनाइ थियो । जिल्लामा धानखेतीमा कमी हुनाकमा साथै उत्पादन पनि घट्दै गइरहँदा बजारको चामल खरिद गरेर खानुपर्ने जिल्लावासीको बाध्यता कायम छ ।
त्यस्तै आर्थिक वर्ष २०७६/२०७७ मा १४ हजार दुई सय ८० हेक्टर क्षेक्रफल जमिनमा लगाइएको धान खेतीबाट ४४ हजार चार सय २५ मेट्रिक टन धान उत्पादन भएको थियो । यस्तै २०७५/७६मा १४ हजार दुई सय ३० हेक्टर जमिनमा ४४ हजार एक सय ५५ मेट्रिक टन र २०७४/२०७५ मा १४ हजार सात सय ९१ हेक्टर जमिनमा ४४ हजार पाँच सय ४५ मेट्रिक टन धान उत्पादन भएको थियो । यसैगरी आर्थिक वर्ष २०७३/२०७४ मा १४ हजार चार सय ९६ हेक्टर जमिनमा ४३ हजार आठ सय ३० मेट्रिक टन, २०७२/२०७३ मा १५ हजार आठ सय हेक्टर जमिनमा ४० हजार पाँच सय ७८ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । सबैभन्दा बढी जिल्लाकै ठूला फाँट भोर्लेटार, चक्रतीर्थ, धमिलिकुवा, साइलीटार, अल्काटार, भोटेओडार, अलैँचेफाँट रामचोकबेँसीलगायत क्षेत्रमा धान उत्पादन राम्रो भएको उक्त केन्द्रले जनाएको छ ।
केन्द्रका सूचना अधिकारी रेग्मीले भने, ‘जिल्लामा सवित्री, रामधान, सुक्खा–१, सुक्खा–२, सुक्खा–३, लोकतन्त्र, सुनौलो र सुगन्धजस्ता जातका धान किसानले लगाउँदै आएका छन् ।’ किसानले पानी कम हुने ठाउँमा भने सुक्खा–१, सुक्खा–२, सुक्खा–३ लगाउने गरेका छन् । जिल्लामा ४५ हजार ५० हेक्टर क्षेत्रफल खेतीयोग्य जमिनमध्ये १५ हजार हेक्टर जमिनमा धानखेती हुनेगरेको उनको भनाइ थियो ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया