मोरङमा अवैध जुवा सञ्चालन, प्रहरी मुकदर्शक
विराटनगर । विराटनगर महानगरपालिकासँगै जोडिएको गाउँपालिकामा संस्थागतरूपमा अवैध जुवा खेल सञ्चालन हुने गरेको पाइएको छ । प्रदेश १ को राजधानी विराटनगरसँगै जोडिएको गा्रमथान गाउँपालिकाको वडा नम्बर ४ मा रहेको मोतीपुरमा लामो समयदेखि दैनिकरूपमा जुवा सञ्चालन हुने र त्यहाँ करोडौँको खेल हुनेगरेको पाइएको हो ।
जुवाका कारण पूरै गाउँ नै प्रभावित बन्दै गएको स्थानीयको गुनासो छ । धरान, इटहरी, दमक, इनरुवादेखि उर्लाबारी समेतका ठाउँबाट खेलाडी बोलाएर अवैधरूपमा जुवा सञ्चालन हुुँदा समेत स्थानीय प्रहरी मुकदर्शक बनेर बसेको स्थानीयको आरोप छ । जुवा सञ्चालन भएको स्थानबाट स्थानीय प्रहरी चौकी मोतीपुर एक किमिको फरकमा हुुँदा समेत प्रहरीले अनदेखा गर्दै हिँडेपछि जुवाले प्रश्रय पाएको स्थानीयको दाबी छ । केही महिना अगाडि उक्त जुवा खालबाट जुवा सञ्चालन गर्ने सञ्चालकदेखि केही खेलाडीलाई प्रहरीले नियन्त्रणमा समेत लिएको थियो । तर पनि प्रहरीले सेटिङमा कुनै कारबाही नै नगरी उनीहरूलाई छोडेको स्थानीयको भनाइ छ । उक्त घटनापछि जुवा खेलले झनै ब्यापक रूप लिएको स्थानीयको गुनासो छ । महानगरभन्दा करिब १० किमि फरकमा सञ्चालन हुने उक्त जुवामा धनाढ्य परिवारका खेलाडी जाने हुुँदा खेलाडीहरूका लागि पनि सुरक्षित स्थान बन्न थालेको छ ।
समाचारस्रोतका अनुसार सुनसरी मोरङ सिचाइ आयोजनाअन्तर्गत सञ्चालनमा रहेको गा्रमथान गाउँपालिकाको मोतीपुर ४ मा रहेको मोतीपुर टरसरी एवं हरीनगरा माहादेवकोल सिँचाइ योजनाका अध्यक्ष सुदिप कुुमार माझीले जुवाको खाल लामो समयदेखि सञ्चालन गर्दै आएका छन् । उक्त जुवा लामो समयदेखि सञ्चालन हुुँदै आएका कारण विराटनगरका व्यापारी तथा छिमेकी जिल्लाबाट आउने खेलाडीको व्यापक सहभागिता हुने गरेको छ । सोही जुवा सञ्चालन हुने स्थानमै गा्रमथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निजी आवास समेत भएका कारण गाउँपालिका अध्यक्ष समेतको जुवा सञ्चालनमा मौन समर्थन रहेको स्रोतको दाबी छ । यसरी अवैधरूपमा सञ्चालन भएको जुवाका कारण गाउँको वातावरण नै धुमिल बनेपछि स्थानीयको विरोध सुरु भएको बताउन थालिएको छ ।
इलाका प्रहरी कार्यालय बेलवारी मातहत रहेको मोतीपुर प्रहरी चौकीलाई जिल्ला प्रहरी कार्यालय मोरङले सञ्चालन गरिरहेको छ भने मोरङ जिल्ला प्रहरी कार्यालयलाई १ नम्बर प्रदेश प्रहरी कार्यालयले आफ्नो मातहतमा सञ्चालन गरेको छ । प्रहरी चेनअफ कमान्डमा सञ्चालन हुने भएका कारण सबै घटनाको जानकार हुुँदा पनि प्रहरी मुकदर्शक भएर बसेपछि यो अवैध जुवाले व्यापक जरो गाडेको दाबी स्रोतले गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कर्णाली सरकारले आजै पूर्णता पाउँछ: मुख्यमन्त्री कँडेल
- एकीकृत समाजवादी महाधिवेशनको तयारी सुरु
- आगलागीपीडितको पीडा: सबै जल्यो, के खाने ? कहाँ बस्ने ?
- सुहाङ नेम्वाङको संसद् यात्रा सुरु
- बुटवलमा मोर्डन डाइग्नोस्टिक ल्याब र टेस्ला फार्मेसीको शाखा
- लेखा समितिको भूमिका प्रभावकारी बनाउन राष्ट्रिय गोष्ठी आयोजना हुने
- ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रिन आवास कर्जा
- नेपालमा गोगोरो ब्याट्री स्वापिङ र क्रसओभर जिएक्स२५० स्कुटर सार्वजनिक
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया