काठमाडौं । एनसेल र शिक्वेल फाउन्डेसनको सहकार्यमा ‘ह्याकिंग फर ह्युम्यानिटी’ ह्याकाथन हुने भएको छ । देशभरका सूचना प्रविधि क्षेत्रमा अध्यनरत छात्रा तथा यस क्षेत्रमा कार्यरत महिलाहरुलाई लक्षित गर्दै माघ २७ देखि २९ गतेसम्म ह्याकाथन हुन लागेको हो ।
विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप एनसेलले शिक्वेल फाउन्डेसनसँग नेपालमा हालसम्मकै ठूलो यो ह्याकाथनका लागि सहकार्य गरेको जनाएको छ । यसको प्रमुख उद्देश्य महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्नु हो । यस कार्यक्रमको अन्य साझेदारहरुमा गर्ल्स इन टेक र वुमन इन बिग डेटा रहेका छन् । शिक्वेल फाउन्डेसनका अनुसार, छनोटमा परेको सहभागी महिलाका समूहहरुले स्वास्थ्य, शिक्षा, कृषिलगायतका विभिन्न क्षेत्रमा देखिएका समस्याहरुलाई समाधान गर्न विभिन्न सोलुसन्सका प्रोटोटाइपहरु बनाउने छन् । हाल यस कार्यक्रमको तयारीस्वरुप काठमाडौंलगायत देशका विभिन्न ठाउँहरुमा कजेल एक्टिभेसनका कार्यहरु भइरहेका छन् ।
यस ह्याकाथनले महिलाहरुलाई सूचना प्रविधि क्षेत्रमा आफ्नो करियर बनाउन र यस क्षेत्रमा रहेका विभिन्न सम्भावनाहरुसँग उनीहरुलाई जोड्न महत्वपूर्ण योगदान पु-याउने विश्वास एनसेलले लिएको छ । यस कार्यक्रमले सूचना प्रविधिमा रहेका महिला र नन–बाइनरी ह्याकरहरुलाई एकअर्कासँग सहकार्य गर्न र आफ्ना नवीन सोचलाई सोलुसन्समा परिवर्तन गर्न एक प्लेटर्फम प्रदान गरेको छ । यस ह्याकाथनमा भाग लिन इच्छुक सूचना प्रविधि अध्ययन गरिरहेका छात्राहरु तथा यस क्षेत्रमा काम गरिरहेका महिलाहरुले तीन जनाको समूह बनाई यो कार्यक्रमको रजिस्ट्रेसन कोड स्क्यान गरेर एनसेल एपमार्फत आफ्नो समूह दर्ता गर्न सक्छन् । दर्ता भएका समूहहरु मध्येबाट छानिएका समूहहरुको लिस्ट माघ २० घोषणा गरिने एनसेलले जनाएको छ । कार्यक्रम पूर्व तयारीस्वरुप हाल विभिन्न कलेजहरूमा डिजाइन थिंकिङ, इन्टरप्रेन्युरियल फाइनान्स, बिजनेस मोडल क्यानभास, स्टोरी प्रेजेन्टेशन आइडिया पिचिङ र डेलिभरिमा केन्द्रित हुँदै कार्यक्रमहरुको आयोजना भइरहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया