सामसुङद्वारा दोस्रो चरणको ‘चिप प्लान्ट’ सञ्चालनमा
चीन, चैत २
सामसुङको चिनियाँ ‘मेमोरी चिप’ निर्माण सेवाअन्तर्गत दोस्रो चरणको कार्यक्रमको पहिलो हिस्साको सेवालाई गत बिहीबारदेखि चिनियाँ सहर सिआनमा सञ्चालनमा ल्याइएको छ । सिन्ह्वाका अनुसार चिप प्लान्टले सेवा सुरू गरेको छ । ‘दोस्रो चरणको पहिलो भागमा सात अर्ब अमेरिकी डलरको लगानीमा निर्माण भएको चिप प्लान्टले सामसुङका लागि विशाल मात्रामा पाटपूर्जाको निर्माण गर्ने अपेक्षा गरिएको छ’, सामसुङको चिनियाँ सेमिकन्डक्टर कम्पनीका अधिकारीले भने ।
प्लान्टले आगामी अगष्टसम्ममा पूर्ण क्षमतामा उत्पादन गर्ने गरी कामहरू भइरहेको उक्त कम्पनीले जनाएको छ । दोस्रो चरणको प्लान्ट निर्माण १४ अर्ब अमेरिकी डलरमा सन् २०१८ को मार्चमा सुरू गरिएको थियो । यसको दोस्रो चरणको दोस्रो भागको निर्माण सन् २०२१ को मध्यसम्ममा सम्पन्न गर्ने लक्ष्य कम्पनीले लिएको छ । त्यस्तै सामसुङको पहिलो चरणको निर्माण कूल १० अर्ब अमेरिकी डलर खर्चमा सम्पन्न गरी सन् २०१४ देखि उत्पादन सुरू गरिएको थियो । कम्पनीले निर्माणपश्चात् सेवा सञ्चालनमा ल्याए पनि यसलाई पूर्णरूपमा उत्पादनमा लान कोरोना भाइरसको महामारीका कारण जनशक्ति र कच्चा पदार्थको समेत अभाव देखिएको चिनियाँ उक्त कम्पनीका उपप्रमुख ह््युन्कीले बताए । उद्योगलाई सहज सञ्चालनमा सहयोग पु-याउन चीन सरकारले पनि सहयोग गरिरहेको उनले बताए ।
प्रान्तीय तथा नगरस्तरीय सरकारहरूले सामसुङ प्लान्ट र दशौँ अन्य ठूला तथा साना फर्मसँग सहकार्य गरी उत्पादनका लागि चाहिने महत्वपूर्ण सामग्रीहरूको आपूर्तिलाई प्रत्याभूत गरिरहेको पनि बताइएको छ । सिआनको अत्याधुनिक प्रविधि उद्योग क्षेत्रको सरकारले कम्पनी रहेकोस्थानमा सहयोगका लागि विशेष समूहको स्थापना गरी समस्याको समाधान गरिरहेको पनि उहाँले बताउनुभयो । त्यसैले चिप प्लान्टले उत्पादन गर्ने सामग्रीमा कुनै समस्या नआउने र पहिलो चरणको मेमोरी चिप्स निर्माण कार्यक्रम अन्तर्गत जनवरी र फेब्रुअरीमा एक लाख ३० हजार महत्वपूर्ण चिप्सको निर्माण गरेको थियो ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
- नेकपा एमाले पर्साको अध्यक्षमा डा. विश्वम्भर शर्मा निर्विरोध चयन
- एक लाख बीमितको कार्ड जारी गर्दै काठमाडौँ महानगर
- पोलियोविरुद्ध खोप देशभरि बालबालिकालाई लगाइँदै
- रासायनिक विषादीको प्रयोग घटाउन ‘आइपिएम’ कृषक पाठशाला
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया