क्यानडा र कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही लालबन्दी नगरपालिका–३ घर भई काठमाडौं महानगरपालिका–३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
थापाले पीडितलाई वैदेशिक रोजगारीको लागि क्यानडा जानको लागि २३ लाख रुपैयाँ लाग्छ र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ हुने काममा लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको छ ।
कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ
कम्बोडिया पठाइदिन्छु भन्दै नगद १२ लाख रुपैयाँ ठगी गरेको अभियोगमा दैलेख भगवतीमाई गाउँपालिका–२ घर भई काठमाडौं नयाँ बसपार्क बस्ने २३ वर्षीय तोपेन्द्र सिंहलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि कम्बोडियामा मासिक १ लाख ३० हजार रूपैयाँ तलबमा क्यासिनोको सेक्युरिटी गार्डको काम लगाई दिने प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी उक्त रुपैयाँ ठगी गरेको उजुरीको आधारमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोंगबु बिजिमहलबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौंमा पठाइएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- असार १० गतेसम्म समानीकरण अनुदान निकासा गर्न स्थानीय तहको सरकारलाई अल्टिमेटम
- चार हजार पाँच सय २४ जनालाई भरतपुर महानगरको निःशुल्क तालिम
- हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ४३ करोडको बजेट
- काठमाडौं चिनियाँ शैक्षिक प्रदर्शनी हुने
- बजाज पल्सर एन १५० अब नेपाली बजारमा
- भिभो युरो कपको आधिकारिक साझेदार
- पहिचानको प्रश्नः तपाईँ को हुनुहुन्छ ?
- आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया