Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतद्वारा ११ महिनामा २७ अर्ब डलरको सुन आयात

भारतद्वारा ११ महिनामा २७ अर्ब डलरको सुन आयात


नयाँ दिल्ली, चैत ३
भारतको सुन आयात ८.८६ प्रतिशतले घटेको छ । भारतीय मिडियाहरुका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा भारतले २७ अर्ब अमेरिकी डलरको सुन आयात गरेको छ । वाणिज्य मन्त्रालयले यस्तो तथ्यांक सार्वजनिक गरेको हो । गत आवको सोही अवधिमा भारतले २९ अर्ब ६२ करोड अमेरिकी डलरको सुन आयात गरेको थियो । सुन आयातमा कमी आउँदा भारतको ११ महिनाको व्यापारघाटा पनि घटेको छ । उक्त अवधिमा भारतको व्यापारघाटा १ खर्ब ४३ अर्ब डलर रहेको नवभारत टाइम्सले जनाएको छ । पछिल्लो आवको यही अवधिमा १ खर्ब ७३ अर्ब व्यापारघाटा रहेको थियो ।

पछिल्लो वर्ष डिसेम्बरयता सुनको आयात घटिरहेको छ । भारत विश्वकै ठूलो धेरै सुन आयात गर्ने देश हो । सुन आयात गरेर भारतले घरेलु आभूषण बजारको माग धान्दै आएको छ । भारतले एक आर्थिक वर्षमा ८ सयदेखि ९ सय टनसम्मको सुन आयात गर्ने गर्छ । आयात शुल्क सरकारले बढाएर १२.५ प्रतिशत पु¥याएको छ । यसअघि १० प्रतिशत थियो । भारतको आभूषण उद्योगहरुबाट ११ महिना (अप्रिलदेखि फेब्रुअरीसम्म)मा रत्न तथा आभूषण निर्यात घटेको छ । ८.२५ प्रतिशतले घटेर ३३ अर्ब ७८ अर्ब डलरको आभूषणजन्य सुन सामग्री निर्यात भएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया