हेटौँडा सिमेन्ट उद्योगले पुनः उत्पादन थाल्यो
मकवानपुर । कोइलाको अभाव भएपछि बन्द हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः उत्पादन थालेको छ । कोइला अभावले दुई हप्तादेखि सिमेन्ट उत्पादन बन्द थियो । कोइला आपूर्ति भएपछि सिमेन्ट उत्पादन थालिएको छ ।
हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले केही हप्ताअघि कोइला आठ हजार मेट्रिक टन आपूर्तिको बोलपत्र आह्वान गरेकामा हाललाई एक हजार छ सय मेट्रिक टन कोइला आपूर्ति भएको जनाएको छ । उद्योगका नायब महाप्रबन्धक नवीनकुमार कर्णले आपूर्ति भएको एक हजार छ सय मेट्रिक टन कोइलाले १५ दिनलाई सिमेन्ट उत्पादन गर्न कच्चा पदार्थ पुग्ने राससलाई जानकारी दिए ।
बाँकी कोइला आउने क्रममा रहेको छ । कोइला आपूर्ति भारत, भुटान, इण्डोनेसिया र पाकिस्तानबाट भइरहेको कर्णले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया