मदन भण्डारी राजमार्ग सिन्धुली खण्ड अवरुद्ध
सिन्धुली । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुली खण्ड बिहानदेखि अवरुद्ध भएको छ । कमलामाई नगरपालिका–१३ रानीबासमा स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् ।
शनिबार बिहान जङ्गली हात्तीको आक्रमणबाट घरमै सुतिरहेका ४० वर्षीय दण्डपाणि पौडेलको मृत्युको विषयलाई लिएर पीडित पक्ष र स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । राजमार्ग अवरुद्धका कारण सवारी आवागमन बन्द भएको छ । गन्तव्यतर्फ गुडेका सवारी साधनहरू रानीबासमा दुईतर्फ रोकिएका छन् ।
स्थानीयवासीले विभिन्न मागसहित राजमार्गमा बसेर सवारी आवागमन अवरुद्ध पारेको स्थानीय वृहस्पति पौडेलले राससलाई जानकारी दिए । बिहान ९ बजेदेखि राजमार्ग बन्द गरिएको र जायज माग पूरा नहुन्जेलसम्म राजमार्ग अवरुद्ध रहने उनको भनाइ छ । स्थानीय बासिन्दाका मागलाई स्थानीय प्रशासनले लामो समयदेखि उचित सम्बोधन नगरेका कारण हात्तीको आक्रमणबाट मानिसको मृत्यु भएपछि सथानीय आक्रोशित भएका छन् । मानिसको अकालमै मृत्यु भएपछि स्थानीयवासीले आफ्नो सुरक्षाको माग गर्दै आन्दोलन गर्न बाध्य भएको उनको भनाइ रहेको छ ।
उनले भने, “जङ्गली हात्ती आतङ्कबाट मृत्यु भएका परिवारलाई उचित क्षतिपूर्ति, मृतकले संरक्षण गरेको संरक्षित परिवारलाई राज्यले संरक्षण गर्नुपर्ने, जङ्गली हात्तीका कारण सम्पत्ति क्षति भएका परिवारलाई क्षतिपूर्ति र जङ्गली हात्तीको व्यवस्थापन गर्नुपर्ने हाम्रा माग रहेका छन् ।”
अवरुद्ध राजमार्ग सञ्चालन गर्ने सवालमा छलफलको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए । स्थानीयवासीको मागका सवालमा छलफल गरी अवरुद्ध राजमार्ग पुनः सञ्चालन गरी अलपत्र परेका यात्रुलाई गन्तव्यतर्फ पु¥याउने सवालमा पहल भइरहेको उनले जानकारी दिए ।
हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारले मृतकको शव बुझेका छैनन् । मृतकको सिन्धुली अस्पतालमा शवपरीक्षण गरिएको छ ।
क्याटेगोरी : प्रदेश समाचार, बागमती प्रदेश, समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया