प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : नेता भण्डारी
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि आफ्नो पार्टीले विश्वासको मत कायमै राखेको बताएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलका क्रममा उनले भने, “प्रधानमन्त्रीमाथि हिजो पनि विश्वासको मत दिएका थियौँ र आज पनि मत दिन्छौँ ।” उनले यसअघि विश्वासको मत दिए पनि प्रतिपक्षमा बसेको भए पनि अब भने सत्तापक्षको बेञ्चमा बस्न तयार रहेको बताए ।
राससका अनुसार निर्वाचन अगाडिको पाँच दलीय गठबन्धनको घटकका रुपमा लोसपा रहेकाले विश्वासको मत दिइएको उनले प्रष्ट पारे ।
“हामी तत्कालीन गठबन्धनमा रहेर गत आम निर्वाचनमा भाग लिएका थियौँ । निर्वाचनपछि स्वाभाविक ढङ्गबाट एउटा कोर्समा जानुपर्ने थियो । त्यसमा हठाथ् घटनाक्रमले जे जस्तो अवस्था आए पनि हामीले सरकारलाई समर्थन गरेका थियौँ”, उनले भने ।
स्थायित्वका लागि सरकारलाई समर्थन गरेको जनाउँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मजबुतका विश्वासको मत दिने स्पष्ट पारे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया