धनबहादुर जप्रेल
कञ्चनपुर, चैत १०
विश्वभरमा माहामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसको संक्रमण जोखिम बढ्नसक्ने संकेत देखिएको भन्दै कञ्चनपुर सबै नाका बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय कन्चनपूरले खुल्ला रहेको गड्डाचौकी नाका पनि बन्द गर्ने निर्णय गरेको हो । आइतबार प्रशासन कार्यालयमा बसेको बैठकले नाका बन्द गर्नुका साथै आइतबार रातिबाट नै जिल्लालाई ‘लकडाउन’ समेत गरेको छ ।
आइतबार रातिदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए । दैनिक उपभोगका सामान खाद्य, दूध, औषधि, पानी, पेट्रोल पदार्थ र उद्धार तथा राहतको कार्यमा संलग्न यातायातबाहेक अरु सबै प्रकारका पसल, व्यवसाय, उद्योग कलकारखाना आइतबार रातिदेखि बन्द हुनेछन् । जिल्ला प्रशासनले आमनागरिकलाई घरबाहिर ननिस्किन आग्रह गरेको छ ।
सूचनाको अवज्ञा गर्दै घरबाहिर निस्किएको पाइएमा सुरक्षाकर्मी तथा अधिकारप्राप्त निकायले आवश्यक जाँचबुझ गरी कानुनबमोजिम कारबाही समेत गरिने प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए । बैठकले गड्डाचौकी नाकाबाट भित्रिएका सबै यात्रुहरुको विवरण संकलन गरी सो विवरणलाई कम्प्युटर प्रणालीमा प्रविष्ट गराई इन्टरनेट वेबसाइटमा राख्ने समेत निर्णय गरेको छ ।
१६ दिनमा ६३ हजार यात्रु भित्रिए : यस्तै पश्चिमी नाका गड्डाचौकीबाट गत फागुन २३ गतेदेखि हालसम्म जम्मा ६३ हजार २ सय ८८ जना नेपाली भारतबाट नेपाल भित्रिएका छन् । भीमदत्त नगरपालिकाकाद्वारा सञ्चालित हेल्थडेस्कले गत फागुन २३ गतेदेखि कार्य थालेको छ । शनिबार एकै दिन १७ हजारभन्दा बढी नेपाली भित्रिएका थिए ।
वेदकोट नगरमा आइसोलेसन केन्द्र स्थापना : कोरोना संक्रमणको शंका लागेका बिरामीको चेकजाँचका लागि कञ्चनपुरको वेदकोट नगरपालिकाले आइसोलेसन केन्द्र स्थापना गरेको छ । नगरपालिकाले आइतबारबाट आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको हो । वेदकोट नगरपालिका नगर प्रमुख अशोक कुमार चन्दले पछिल्लो समयमा महामारीको व्यापक रुप लिइरहेको कोरोना भाइरस संक्रमितका लागि आइसोलेसन केन्द्र निर्माण गरिएको बताए । उनका अनुसार नगरपालिकाले हाल ६ बेडको आइसोलेसन केन्द्र स्थापना गरिएको छ ।
यसैगरी वेदकोट नगर कार्यपालिकाको बैठकले हालका लागि ३ स्थानमा क्वारेन्टाइन स्थापना गर्ने र पछि सबै वडामा स्थापना गर्ने तथा ज्वरो, रुघाखोकीका बिरामीलाई तुरुन्त उपचारका लागि अस्पताल पठाउने व्यवस्था मिलाई स्वयंसेवक परिचालन गर्न स्वास्थकर्मीबाट तालिमको व्यवस्था गर्ने निर्णय गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया