सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित
सोलुखुम्बु । विश्वको प्रमुख पर्यटकिय गन्तव्य सगरमाथा क्षेत्रमा पर्यटन आवगमन सुरु भएसँगै व्यवसायी उत्साहित बनेका छन् । सिजनको सुरुवातदेखि नै पर्यटक आवगमन बाक्लिदा व्यवसायीहरू उत्साहित बनेका हुन् ।
सिजनको सुरु देखि नै विदेशी तथा स्वदेशी पर्यटकहरूको आवगमन बाक्लिदा खुम्बुका व्यवसायीहरूको दैनिकी पर्यटकको स्वागत सत्कारमा वित्ने गरेको लुक्लाका होटल व्यवसायी कामी शेर्पाले बताइन् । अघिल्ला दुई वर्ष सन २०२० र ०२१ मा लगभग ठप्प नै बनेको खुम्बुको पर्यटन त्यस यता निरन्तर लयमा फर्किने क्रममा रहेको छ । खुम्बुमा बैशाख जेठ, असार र असोज कार्तिक, मंसिर गरि वर्षमा दुई सिजनलाई मुख्य पर्यटकिय सिजन मानिन्छ । तर यस वर्ष सिजनको सुरु हुनु पुवृ नै पर्यटन गतिविधि चलायमान हुँदा पर्यटन व्यवसायीलाई राहत मिलेको व्यवसायी सुबास बस्नेत बताउछन् । कोरोना कहरपछि सगरमाथा क्षेत्रमा ५० हजार भन्दा बढी पर्यटकले भ्रमण गरेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्यांक छ ।
खुम्बुको पर्यटन क्षेत्रलाई थप व्यवस्थित गर्न विशेष प्याकेजका साथ अघि बढ्ने ट्रेकिङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) काअध्यक्ष निलहरी बास्तोलाको भनाई छ । कोरोना महामारीले थलिएका पर्यटकीय क्षेत्रहरू त्यस यताका वर्षहरूमा विस्तारै तङ्ग्रिदै गएका छन् । सिजनको सुरुवात देखि नै पर्यटन आवगमन उत्साहजनक हुँदा व्यवसायहरूले राहतको महसुस गरेका छन् । तर पछिल्लो समय मौसम निरन्तर प्रतिकुल हुँदा समस्या भएको व्यवसायीहरू बताउँछन् । मौसममा आएको परिवर्तनका कारण जहाज उडान तथा अवतरण प्रभावित हुँदा पर्यटक आवगमनमै असर परेको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 12
ताजा अपडेट
- सन सेक्युरिटिजद्वारा नेपाली श्रमिकका लागि लाइफटाइम निःशुल्क रेमिट डिम्याट खाता सुरु
- सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संस्थामा छुट
- कोही किन गर्छ नेपालमा लगानी ?
- ३१औँ विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँमा प्रभातफेरी (तस्बिरहरु)
- समसामयिक राजनीतिक व्यङ्ग्य
- अर्थतन्त्रको आकार बढाउन गर्नुपर्ने काम
- ६ वटा बैंक राष्ट्र बैंकको कारबाहीमा
- व्यवस्थापन गर्न कठिन एकल विन्दु सेवा केन्द्र
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया