चैत ११
गड्डाचौकी नाका बन्द गरिएको र कञ्चनपुरमा कफ्र्यु लागू गरेपछि भारतबाट नेपाल फर्किन लागेका नेपालीहरू नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा अलपत्र परेका छन् । भारतका विभिनन्न ठाउँमा घर फर्किन लागेका नेपालीहरू नेपाल सरकारले गड्डाचौकी सीमा नाका बन्द गरेपछि अलपत्र परेका हुन् । भारतको उत्तराखण्ड सरकारले जनता कफ्र्युलाई जारी भए पनि गन्तव्यका लागि हिँडिसकेकाहरूलाई नेपाल फर्किन दिइए पनि नेपालमा भने प्रवेश दिएको छैन । उनीहरू दशगजा क्षेत्रमा बसिरहेका छन् ।
भारतबाट नेपालतर्फ आउन लागेका करिब तीन सय एक नेपालीलाई नेपाल छिर्न दिइएको छैन, जसमध्ये दुई गर्भवतीसहित ४९ महिला र बालबालिका रहेको रहेका छन् । सरकारले आइतबार रातिबाट सम्पूर्ण सीमानाका बन्द गर्ने घोषणा गरेको थियो । भारतमा पनि नोभेल कोरोना भाइरसको संक्रमणको त्रास फैलिरहेका बेला घर फर्किनेहरू नाकामा अलपत्र परेका हुन् ।
उनीहरूलाई नेपालमा प्रवेश दिने विषयमा अहिलेसम्म कुनै निर्णय नभए पनि उनीहरूलाई नेपाल प्रवेश गराउन पहल भइरहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए । उनले सीमा नाका बन्द गर्ने निर्णय भएका कारण प्रवेश नदिइएको बताए । प्रवेश दिने वा नदिने भन्ने बारेमा केन्द्र सरकारको आदेशपछि मात्रै टुंगो लाग्ने भए पनि आफूहरूले केन्द्रमा जानकारी गराइसकेको र यसका लागि केही समय लाग्ने बताए ।
उनका अनुसार उनीहरूलाई प्रवेश दिने तयारी भइरहेको छ र समय लाग्नसक्ने बताएका छन् । सरकारले समयमै निर्णय नलिएको र आवतजावतका लागि समेत समय नदिँदा आफूहरूले यस्तो समस्या भोग्नुपरेको र आफू सीमामै अलपत्र परेको दशगजामा बसेका नेपालीहरूले गुनासो गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया