बाजुरा । गर्मीयाम सुरु भएसँगै बाजुरामा कालाजारका बिरामी भेटिन थालेका छन् । हिमाली गाउँपालिका–३ बौडीका छपल थापाका छ वर्षीया छोरा निमा छिरिङ थापालाई कालाजार देखापरेको जिल्ला अस्पताल बाजुराले जनाएको छ ।
लगातार तीन महिनादेखि बिरामी भइ थला परेका थापाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गर्दा निको नभएपछि बुधबार बेलुकी जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बालकमा कालाजार रोग भेटिएको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले राससलाई जानकारी दिए । उनका अनुसार बालकमा कालाजारका साथै कुपोषण छ भने शरिरमा दुई प्वाइन्ट मात्र रगत छ ।
रगतको मात्रा कम भएकाले बालकलाई आइसीयुमा राख्नुपर्ने भएपछि थप उपचारका लागि सुविधायुक्त अस्पताल पठाउने तयारी भइरहेको सूचना अधिकारी गिरीले बताए । गर्मीयाममा घर आगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टे लाग्ने र लामखुट्टेले टोकेपछि कालाजार रोग लाग्ने अस्पतालका निमित्त कार्यालय प्रमुख डाक्टर मिलन जोशीले बताए । उनका अनुसार गर्मीमा कालाजार, डेङ्गुलगायत रोगको जोखिम बढी हुने गरेको छ । योसँगै जिल्लामा कालाजारका बिरामीको सङ्ख्या पाँच पुगेको छ । यसअघि कोल्टीमा चार जनामा कालाजार भेटिएको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, सुदूरपश्चिम प्रदेश, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- बजेटमा कृषि क्षेत्र उच्च प्राथमिकतामाः प्रधानमन्त्री
- ‘चिकित्सा जनशक्ति उत्पादनमा स्वास्थ्य विज्ञान संस्थानको योगदान सराहनीय’
- सञ्चारमन्त्री शर्माद्वारा ‘गणतन्त्र दिवस तस्बिर प्रदर्शनी’ उद्घाटन
- जिप दुर्घटनामा १२ जना घाइते
- विश्वभर बुद्धधर्मको महत्व छ: परराष्ट्रमन्त्री श्रेष्ठ
- निर्णायक राष्ट्रिय शक्तिको रूपमा एमालेलाई स्थापित गर्नुपर्छ: मुख्यमन्त्री अधिकारी
- राष्ट्रिय वाणिज्य बैंकको सिइओमा खनाल
- दर्जन बढी बस्तीमा खानेपानी समस्या
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया