पुन : निर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछिको उद्धार, राहत र पुनःस्थापनामा आर्थिक, भौतिक सहयोग एवम् सद्भाव व्यक्त गर्ने सबैप्रति सम्मान व्यक्त गरेका छन् ।
राससका अनुसार गोरखा भूकम्पको स्मृतिका अवसरमा मंगलबार सन्देश दिदै प्रधानमन्त्रीले पुनः निर्माणका मूलभूत काम सम्पन्न भइसके पनि अझै केही काम बाँकी भए त्यसका लागि सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले भनेका छन्, “यस अवधिमा बाँकी रहेका कामहरू सम्पन्न गर्ने कुरा सरकारको प्राथमिकतामा राखेको छु । सरकारको प्राथमिकतामा सदाझैँ सम्पूर्ण नेपालीको साथ र सहयोग रहने विश्वास व्यक्त गर्दछु ।”
वि.सं २०७२ वैशाख १२ गते गएको भूकम्पमा परी ज्यान गुमाउनुहुने नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति प्रधानमन्त्रीले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
यस्तै, मृतकका आफन्तप्रति गहिरो समवेदना प्रकट गरेका छन् । भूकम्पका कारण घाइते एवं अङ्गभङ्ग भएका सम्पूर्ण नागरिकको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामनासमेत प्रधानमन्त्रीले गरेका छन् ।
भूकम्पपछि २०७३ सालमा गठित आफ्नो नेतृत्वको सरकारको पालामा राष्ट्रिय महत्वका पूर्वाधार एवं सांस्कृतिक सम्पदाको पुनःनिर्माण, निजी घरको निर्माणमा उल्लेख्य प्रगति हासिल भएको प्रधानमन्त्रीले स्मरण गरेका छन् । उनले त्यस अवधिमा निजी घर निर्माणका निम्ति प्रतिघर रु. एक लाख अनुदान रकम थप गर्नेलगायत जनतालाई राहत दिन महत्वपूर्ण निर्णय भएको प्रधानमन्त्रीले बताएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- जसपा नेपालले कानुनी उपचार खोज्ने
- जुम्लामा भीरबाट लडेर ७० भेडा मरे
- सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी
- बैंकभन्दा ठूलो कारोबार गर्दा सहकारीमा समस्या आयो : मन्त्री अधिकारी
- चिनीको मूल्यमा स्थिरता कायम गर्न मन्त्री भण्डारीसमक्ष रास्वपाको माग
- प्रा. पोखरेल त्रिवि पत्रकारिता विभागको प्रमुखमा
- दुई दशमलव शुन्य छ अंकले उक्लियो सेयर बजार
- जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा सरकार: सञ्चारमन्त्री
धेरैले पढेको
- प्राधिकरणका एमडी कुलमानको अकुत सम्पत्ति लुकाउन सम्पूर्ण परिवार नै संलग्न
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया