भियतनामसँगको सहकार्यमा पर्यटन प्रवर्द्धन गरिने
काठमाडौं । नेपाल भियतनाम उद्योग वाणिज्य संघले मुलुकको धार्मिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम गर्ने भएको छ । नेपालमा भियतनामी पर्यटकको अपार सम्भावना रहेको भन्दै संघले विशेषगरी बुद्ध जन्मस्थल लुम्बिनी केन्द्रित कार्यक्रमहरु आयोजना गर्ने भएको हो ।
संघका अध्यक्ष दिपक मल्होत्राको अध्यक्षतामा हालै बसेको कार्यसमिति बैठकले पर्यटनलगायत द्विपक्षीय सहकार्यका लागि ठोस कार्ययोजना अघि बढाउन विभिन्न समितिहरु गठन गरेको छ । जसअनुसार सर्वोत्तमलाल श्रेष्ठको संयोजकत्वमा पर्यटन प्रर्र्वन समिति तथा सञ्जीव तुलाधरको संयोजकत्वमा वाणिज्य समिति गठन गरिएको छ । बैठकले विदुषी राणाको संयोजकत्वमा उद्योग तथा लगानी समिति, नवीन सारुको संयोजकत्वमा शिक्षा, संस्कृति तथा सामाजिक समिति तथा गोविन्द थपलियाको संयोजकत्वमा कृषि सुधार तथा प्रवर्द्धन समिति गठन गरेको संघका महासचिव गोपालदास मानन्धरले जानकारी दिए ।
यस्तै संघको साधारणसभा जेठको अन्तिम साता गर्ने कार्यक्रम तय भएको छ । साधारणसभा सम्पन्न गर्न उपाध्यक्ष सुरेशमान श्रेष्ठको संयोजकत्वमा सम्मेलन आयोजक समिति बनाउने निर्णय भएको संघले जनाएको छ ।
यस्तै संघले कार्यक्षेत्रलाई थप फराकिलो बनाई संस्थामा आबद्ध सदस्य संख्यालाई विस्तार गर्ने योजना अघि सारेको छ । संघको साधारण तथा आजीवन सदस्य विस्तार गर्ने अभियान चलाउन विधान संशोधन गर्ने निर्णय पनि गरिएको छ । संघले स्थापनाकालदेखि नै मुलुकको सामाजिक, आर्थिक, कृषि, व्यापार–व्यवसाय तथा पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा विशेष योगदान पु¥याउँंदै आएको अध्यक्ष मल्होत्राले बताएका छन् । ‘संघको प्रमुख उद्देश्य नै मुलुकको पर्यटन क्षेत्रको विकास गर्नु रहेकोले नेपालमा भियतनामी पर्यटकको आगमन वृद्धि गर्न विशेषतः बुद्ध जन्मेको भूमि लुम्बिनीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडानका लागि सम्बन्धित निकायहरुसँग समन्वय गरिरहेका छौँ’, मल्होत्राले भने ।
संघले आपसी सहकार्यमा कृषि क्षेत्रको विकास गर्ने तथा दुई देशबीच भइरहेका आर्थिक विकासका कार्यक्रमहरुका सम्बन्धमा अनुभव आदानप्रदान गर्न द्विपक्षीय भ्रमणको कार्यक्रम गर्ने जनाएको छ । भियतनामी लगानीका भित्र्याउनका लागि अध्ययन र अनुसन्धानका निमित्त नेपाली प्रतिनिधिमण्डलको भियतनाम भ्रमण गर्ने र भियतनाम चेम्बर्स अफ कमर्सका प्रतिनिधिहरुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिने निर्णय पनि बैठकले गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- देशका पहाडी क्षेत्रमा आंशिक बदली, बाँकी भागमा मौसम सफा रहने
- साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन
- श्रमिकको सीपमा लगानी गर्नुपर्छ स् श्रममन्त्री अर्याल
- नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित
- बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारी उपलब्ध गराइने
- ‘डढेलो नियन्त्रणको ज्ञान नहुँदा ज्यानै गयो’
- आगामी बजेटमा आमसञ्चारको धारणा समेट्दै सञ्चार मन्त्रालय
- श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया