‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार आठ सय सात जना नियन्त्रणमा‘लकडाउन’ उल्लङ्घन गर्ने एक हजार आठ सय सात जना नियन्त्रणमा
काठमाण्डौं,चैत २४
काठमाडौँ उपत्यकामा लकडाउन उल्लघंन गर्ने चार सय ५२ महिलासहित १८ सय सात जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान ६ बजेदेखि दिउसो ४ बजेसम्म उक्त संख्यामा नियन्त्रणमा लिएको हो । यसै गरी दुई सय चारवटा दुई पाङ्ग्रे र नौवटा चार पाङ्ग्रे गरी दुुई सय ४९ वटा सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । काठमाडाँैबाट १३ सय ८६ जना, ललितपुरबाट दुुई सय २४ जना र भक्तपुरबाट १सय ७८ जनालाई नियन्त्रणमा लिएको हो ।
कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएपछि नेपालमा हुने सम्भावित जोखिम रोक्न सरकारले यही चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी देशव्यापीरूपमा लकडाउनको आदेश जारी गरेकाले उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।
लकडाउन एउटा व्यक्ति वा समूहको फाइदाको लागि गरिएको नभएर तपाईंहाम्रो सम्पूर्णको सुरक्षाको लागि सरकारले सो निर्णय गरेकाले अत्यावश्यक कार्यबाहेक घरबाट बाहिर ननिस्कन पनि सबैलाई आग्रह गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सञ्चारमन्त्री शर्माद्वारा सार्वजनिक सेवा प्रसारणसम्बन्धी विधेयक अघि बढाउन आग्रह
- प्रधानमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिवको शिष्टाचार भेट
- पंक्षी संरक्षणमा क्रियाशील राजु आचार्य पुरस्कृत
- अप्रिलमा नेपाल भित्रने पर्यटक १२ दशमलव ७५ प्रतिशतले बढे
- कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन: गृहमन्त्री लामिछाने
- रेसुङ्गा धार्मिक तथा प्राकृतिक पर्यटनका लागि निकै सम्भावना बोकेको क्षेत्र: प्रधानमन्त्री
- वेस्ट इन्डिज ‘ए’लाई टी–ट्वान्टी शृङ्खलाको उपाधि
- पोखरामा किसान पाठशाला सञ्चालन
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया