किसानलाई अलैँची टिप्न भ्याइनभ्याई
सोलुखुम्बु । सोलुखुम्बुका किसानलाई यतिबेला अलैँची टिप्न भ्याइनभ्याई भएको छ । जिल्लाको पश्चिमी भेगका किसानको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची पाक्न थालेपछि किसानलाई टिप्न भ्याइनभ्याई भएको हो ।
अलैँची टिप्ने मौसम भएकाले अहिले किसानहरू दशैँतिहार जस्ता ठुला चाडपर्वको समेत प्रवाह नगरी अलैँची टिप्न, छोडाउन र सुकाउन व्यस्त छन् । कामको सिलसिलामा जिल्ला बाहिर रहेका तथा सहर पसेका किसानहरु दशैँको अवसरमा घर फर्किएको मौका छोपि अलैँची भित्र्याउनमा जुटेको लिखुपिकेका किसान कृष्ण बस्नेतले बताए । असोजको पहिलो सातादेखि जिल्लाको लिुखुपिके गाउँपालिका क्षेत्रका विभिन्न स्थानमा लगाइएको अलैँची टिप्न सुरु गरिएको छ । अलैँची पाक्न थालेपछि थन्क्याउन अर्थात टिप्नलाई ढिलो भएमा चरामुसाले खाएर नोक्सानी गर्ने भएकाले पनि यतिबेला किसानलाई भ्याइनभ्याई भएको हो । पाकेको अलैँची टिप्न केही दिन मात्रै ढिलो गरेको चरा, मुसा र कालाजस्ता जङ्गली जीवले खाएर सखाब बनाउने गरेको गोलीका सुरतबहादुर बस्नेतले बताए । सोही कारण अन्य सबै काम छोडेर अलैँची पाक्ने अहिलेको सिजनमा किसानलाई भ्याइनभ्याई हुने गरेको उनले बताए ।
अलैँची सिजनमा सबैतिर एकै पटक टिप्ने र थन्क्याउने काम गर्नुपर्ने भएकाले काम गर्ने जनशक्ति नै नपाइने हुँदा थप व्यस्त हुनुपरेको पनि किसानको भनाइ छ । लिखुपिकेलाई जिल्लाको मुख्य अलैँची उत्पादन हुने क्षेत्रको रुपमा लिइन्छ, तर महाकुलुङ क्षेत्रमा पनि केहि मात्रामा अलैँची खेती हुने गरेको किसानले बताएका छन् । जिल्लाको गोली, भकान्जे, चौलाखर्क, बुदेल, बुङ, सोताङ, अँधेरी लगायतका क्षेत्रमा गरी एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिकरूपमा अलैँची खेती हुने गरेको छ । गोली भकान्जे, चौलाखर्क, बुङ, गुदेललगायतका क्षेत्रलाई तत्कालीन कृषि विकास कार्यालय सोलुखुम्बुको कार्यसमितिले अलैँची पकेट क्षेत्र नै घोषणा गरेको थियो । जिल्लामा गत वर्ष करिब एक सय ५० हेक्टर क्षेत्रफलमा गरिएको व्यवसायीक अलैँची खेतीबाट एक सय ३० मेट्रिकटन अलैँची उत्पादन भएको छ । पछिल्लो केही वर्षयता अलैँचीको उत्पादनशिल क्षेत्र क्रमिक रुपले वृद्धि भइरहेको कृषि ज्ञान केन्द्र सोलुखुम्बुले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया