Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकिसानले दूधको भुक्तानी फागुनभित्र पाउँछन् : मन्त्री भुसाल

किसानले दूधको भुक्तानी फागुनभित्र पाउँछन् : मन्त्री भुसाल


भरतपुर (चितवन) । चितवनमा हुन लागेको राष्ट्रिय चिया प्रदर्शनीको उद्घाटनका क्रममा शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले दुग्ध किसानका समस्या समाधान गर्न सरकार लागिपरेको बताएका छन् ।

मन्त्री भुसालले अहिले दूध उत्पादन बढी भएकाले दुग्धजन्य उत्पादन बिक्रीमा समस्या भएको बताए । फागुन लागेपछि दूध बिक्रीमा समस्या नहुने बताउँदै उनले भण्डारण भएर रहेको पाउडर दूध बिक्री भएपछि किसानको बाँकी भुक्तानी प्रदान गरिने बताए । तीन महिनादेखि चितवनका किसानले दूधको रकम पाउन सकेका छैनन् । भण्डार भएको दूध बिक्री नभएपछि चिवतन मिल्क उद्योग बन्द भएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया