Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन म सक्रिय छु : प्रधानमन्त्री

सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन म सक्रिय छु : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी र लघुवित्तबाट पीडित भएका नेपालीलाई न्याय दिन आफैं सक्रिय भइरहेको बताएका छन् ।

उनीहरुसँगको भेटमा प्रधानमन्त्री दाहालले लाखौँ ठगिएका बचतकर्ताहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा आफू दृढ रहेको बताए । उनले भने, “यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो चाँडो टुङ्ग्याउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।”


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया