मूल्य नपाउँदा दूधको उत्पादन घटाउँदै किसान
बलेवा । गोठमा उन्नत जातका दशवटा गाई छन् । बिहानबेलुका दानापानी र दिउँसोको समयमा पर्याप्त घाँस दिनसके माउ गाईले दिनमा दुई पटकको दरले चारदेखि छ लिटर दूध दिन्छन् । सहकारीमार्फत् दूध बिक्री हुने भएकाले बजारको समस्या त किसानलाई छैन तर मूल्यवृद्धिको मारले थिचेको छ ।
दुई वर्षपहिले ४० लिटरसम्म दूध बेचेका बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका विकास पौडेललाई आजभोलि गाईलाई दानापानी दिनै मन लाग्दैन् । दानापानीको भरमा घटबढ हुने दूध धेरै उत्पादन गर्दा पनि मूल्य उठ्दैन । बजार मूल्य र किसानले पाउने दूधको मूल्यमा आधाभन्दा फरक छ । विकासले सरदरमा एक लिटर दूधको ५३ देखि ५५ रुपैयाँ पार्छन् । तर त्यही दूध बजारमा एक सय २० रुपैयाँमा बिक्री हुन्छ । दुई वर्षपहिले दूधको मूल्य ५० रुपैयाँसम्म पथ्र्यो र पनि किसानको दुःख उठ्थ्यो । अहिले बजारमा महँगिएको दाना चोकरको मूल्यजस्तै दूधको मूल्य नबढेका कारण किसान पशुपालनमा निरुत्साहित हुन थालेका हुन् । यो समस्या विकासको मात्रै होइन, कुश्मीशेराका अन्य किसानको पनि समस्या हो ।
जसको असर दुई वर्ष पहिले दैनिक चार सय लिटर दूध उत्पादन गर्ने जैमिनी दुग्ध उत्पादक सहकारी संस्थामा परेको छ । अहिले सहकारीले दिनमा दुई सय ५० लिटर दूध मात्रै उत्पादन हुन्छ । ‘बिक्री भएको दूधको पैसासमेत समयमा नआउने समस्या छ, दाना चोकर समयमा पु¥याउनै कठिन हुने’, पौडेलले भने, ‘व्यावसायिक गाई पालेर पनि आम्दानी गर्न सकिन्छ तर महँगी र दूधको मूल्य वृद्धि समान हिसाबले हुनुपर्छ ।’
वैदेशिक रोजगारीबाट फर्किएर उत्साहका साथ गाईपालनमा सहभागी भएका विकाससँगै सोही गाउँका गुरुप्रसाद, बाबुराम शर्मालगायतका युवाले पछिल्लो समय व्यावसायिक रुपमा पालिएका गाईको संख्या घटाउने र अन्य व्यवसायको खोजी गर्न थालेका छन् । ‘बिहान तीन लिटर दिएको गाईले बेलुका पनि त्यति नै दिन्छ, दाना चोकर प्रशस्त दिए त्यही गाईको दूध पाँच लिटर आउँथ्यो’, पौडेलले भने, ‘दुई वर्षपहिले एक हजार छ सय पर्ने दानाको बोरा अहिले दुई हजार दुई सय भएको छ ।’ महँगीको मार थेग्न नसकेका कारण आफूहरुले उत्पादन घटाउनु परेको उनीहरुको भनाइ छ । किसानले तीन वर्षको अन्तरमा बढेको दूधको मूल्यबाट आशा राखेका थिए तर दूधको मूल्य नबढ्दै बढेको दाना चोकरको मूल्यले किसानको आशा निराशामा परिणत भएको छ ।
‘दूधको मूल्य बढाउने विषयमा अन्य उपायको पनि खोजी गर्नुपर्छ भन्ने लागेको छ’, कालीगण्डकी दुग्ध उत्पादक सहकारी संस्था बागलुङ नगरपालिका, १२ का सचिव रुद्रनाथ शर्माले भने, ‘उपभोक्ता र उत्पादक किसानबीचको अन्तर घटाउँदा दूधको मूल्य किसानले पाउँछन् ।’ बिचौलिया र ढुवानीका खर्चका कारणले पनि किसानले दूधको उचित मूल्य पाउँदैनन् ।
बाग्लुङको दक्षिण क्षेत्रमा उत्पादन भएको अधिकांश दूध जिल्लाबाहिर निर्यात हुने गरेको छ । छिमेकी जिल्ला पर्वतको सदरमुकाम कुश्मा बजार र पोखरा बजारमा यहाँको दूध बिक्री हुन्छ । टाढा–टाढा ढुवानी गरेर दूध पु¥याउँदा खर्च बढ्ने गरेको छ । हिउँदको समयभन्दा किसानले वर्षाको समयमा मूल्यमा थप मार व्यहोर्ने गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुविज्ञ सेवा केन्द्र बागलुङका अनुसार बागलुङ दूधमा आत्मनिर्भर जिल्ला हो । तर पछिल्लो समय बढ्दो बसाइँसराइ, व्यावसायिक किसानमा आएको वितृष्णा, बजार मूल्यमा हुने घटबढ र पशुधनमा हुने क्षतिका कारण उत्पादन घट्ने चिन्ता बढ्न थालेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- सेयर बजारमा उछाल
- सिभिल लघुवित्तको नाफा एक करोड ३३ लाख
- एनआईसी एसिया लघुवित्तको नाफा १४ करोड ९२ लाख
- निर्धन उत्थान लघुवित्तको वार्षिक साधारणसभा
- महालक्ष्मी विकास बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम
- आईएमई–पेको ‘मन्थ अफ लभ’ अफर
- टर्की र सिरियामा भूकम्पको विध्वंस, २३ सयभन्दा बढी मानिसको मृत्यु, हजारौँ घाइते
- बौद्धिक विकासका लागि सार्वजनिक पुस्तकालय
धेरैले पढेको
- बहसमा कर्मचारी अवकाश उमेरहद
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- लुम्बिनी जनरल इन्स्योरेन्सले सात प्रतिशत लाभांश दिने
- घरजग्गामा गरेको लगानी फिर्ता नहुँदा सहकारी समस्यामा
- जाडोभर बिजुली आपूर्तिमा समस्या
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- व्यवसायी मुुरारका र राठीको पोस्ता आयातको लाइसेन्स लिने प्रयास असफल
तपाईको प्रतिक्रिया