पाँचौँ पिम नेपाल फिल्म फेस्टिबल सुरु
काठमाडौं । पाँचौँ पिम नेपाल फिल्म फेस्टिबल–२०२२ काठमाडौंमा सुरु भएको छ । नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले बुधबार काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थानको हलमा फेस्टिभलको उद्घाटन गरेका हुन् ।
महोत्सवको उद्घाटन समारोहमा चलचित्रसँग सम्बन्धित ८ वटा संस्थाका नवगठित कार्यसमितिका पदाधिकारीलाई बधाई पत्र प्रदान गरिएको थियो । कार्यक्रममा नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्देशक समाज, चलचित्र पत्रकार संघ नेपाल, चलचित्र नृत्य संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र द्वन्द्व कलाकार संघ र चलचित्र संघका पदाधिकारीलाई बधाई पत्र दिइएको हो । यस्तै, नृत्य निर्देशक दिनेश पाख्रिन, सञ्चारकर्मी तथा संगीतकार सुवास प्रधानलाई सम्बन्धित विधामा योगदान पु¥याएबापत सम्मान गरिएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै पूर्व उपराष्ट्रपति झाले यस्ता महोत्सवले चलचित्र क्षेत्रका कलाकार, प्राविधिक र निर्मातालाई थप ऊर्जा प्रदान गर्ने बताए । महोत्सव आयोजक संस्था पिम नेपालका अध्यक्ष एवम् चलचित्र निर्देशक माधवराज खरेलले नेपालमा सरकारी क्षेत्रका चलचित्रसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महोत्सवहरू हुन नसकेको अवस्थामा यस्ता महोत्सव गरेर सिनेमा उद्योगलाई प्रोत्साहन गरेको बताए । पिम नेपाल फिल्म फेस्टिबलकी आयोजक तथा उद्घाटन समारोहकी सभापति कमला जोशीले महोत्सवमा प्रदर्शन हुने सिनेमाको बारे जानकारी गराएकी थिइन् । महोत्सवको उद्घाटन समारोहमा दिनेश राउत निर्देशित तथा प्रदीप खड्का अभिनित चलचित्र ‘प्रकाश’ प्रदर्शन गरिएको थियो । यस्तै, बुधबार नै महोत्सवमा प्रकाशपछि ऐना, नेपाल भाषाको फिल्म उच्च शिक्षा र मैथिली भाषाको चलचित्र ‘फु’ प्रदर्शन गरिएको छ ।
क्याटेगोरी : मनोरञ्जन
ट्याग : #page 3
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया