तारा अधिकारीको संयोग सार्वजनिक
काठमाडौं ,गीतकार तथा निर्देशक तारा अधिकारीको अर्को गीत ‘संयोग भन्दै पिरतीलाई…’ को भिडियो सार्वजनिक भएको छ । सत्यराज आचार्यको स्वर, किरण कँडेलको संगीत तथा संगीत संयोजन रहेको गीतको भिडियोको निर्देशन पनि गीतकार अधिकारीले नै गरेकी छन् ।
भिडियोको छाँयांकन शिव ढकाल, सम्पादन नहकुल खड्काले गरेका छन् ।सुनौला तारा मोसन पिक्चर्स युट्युब च्यानलमा अपलोड गरिएको भिडियोमा सत्यराज आचार्यलाई फिचरिङ गरिएको छ ।
उनलाई लाइभ म्युजिकका साथमा गीत प्रस्तुत गरि राखेको देख्न सकिन्छ ।गीतकार अधिकारीले यो गीतलाई केही समय अघि नै तयार गरेकी थिइन् । ‘समय नमिलेका कारण दर्शकश्रोतामाझ ल्याउन सकेकी थिइनँ । अहिले बल्ल आएर सार्वजनिक गरेको छु । आशा छ सबैले मन पराउनुहुनेछ’– गीतकार तथा निर्देशक अधिकारीले बताईन् । गीतकार अधिकारीले निर्देशन गरेको यो चौंथो भिडियो हो । उनी गीत लेखनका साथमा निर्देशनमा पनि अब्बल हुने तयारीमा छिन् ।
क्याटेगोरी : मनोरञ्जन
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया