Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमनोरञ्जननिर्देशक आग्री ‘सुपक राष्ट्रिय सम्मान २०८०’बाट सम्मानित

निर्देशक आग्री ‘सुपक राष्ट्रिय सम्मान २०८०’बाट सम्मानित


काठमाडौ । फिल्म तथा म्युजिक भिडियो निर्देशक जीवी आग्री सम्मानित भएका छन् । नेपाली चलचित्र तथा म्युजिक भिडियोको निर्देशन गर्दै आएका आग्री सुदूरपश्चिमाञ्चल कला प्रतिष्ठानद्वारा सम्मानित भएका हुन् ।

आग्रीलाई ‘सुपक राष्ट्रिय सम्मान २०८०’ बाट सम्मान गरिएको हो । कञ्चनपुरको पुनर्वासमा जन्मिएका आग्री दुई दशकदेखि नेपाली चलचित्र निर्माता तथा निर्देशकको रूपमा सक्रिय छन् । आफ्नै कम्पनी रागभिजन मल्टिमुभिज प्रालि स्थापना गरेर चलचित्र र म्युजिक भिडियो निर्माण गरिरहेका आग्रीले ठूलो पर्दाको नेपाली चलचित्र ‘फुटपाथ’, सर्ट फिल्म, जनचेतनामूलक नाटक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय इभेन्ट अर्गनाइज, म्यानेजमेन्ट डकुमेन्ट्री निर्माणदेखि दर्जनौँ म्युजिक भिडियो निर्माण तथा निर्देशन गरिसकेका छन् ।

महानायक राजेश हमाल र निरुता सिंह अभिनित उनले निर्देशन गरेको ‘हजुर मुसुक्कै’ गीत केही समयअघि निकै चर्चामा रहेको थियो । नेपाल चलचित्र निर्माता संघ र म्युजिक भिडियो निर्देशक समाजका सदस्यसमेत रहेका उनी यसअघि ‘बक्स अफिस म्युजिक भिडियो अवार्ड २०७९’ बाट सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशकलगायत अवार्डबाट यसअघि सम्मानित भइसकेका छन् ।


क्याटेगोरी : मनोरञ्जन
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया