Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकला / संस्कृतिमनोरञ्जनकाठमाडौं महानगरभित्र भोलिदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी

काठमाडौं महानगरभित्र भोलिदेखि भारतीय फिल्मको प्रदर्शन रोक्ने तयारी


काठमाडौं । सोमबारदेखि महानगरभित्र भारतीय फिल्मको प्रदर्शन काठमाडौं महानगरपालिकाले रोक्ने तयारी गरेको छ। शुक्रबार सूचना तथा प्रविधि मन्त्रालयलाई पत्र लेखेर काठमाडौंका मेयर बालेन शाहले कुटनीतिक तहबाट भारतमा पनि उक्त अंश हटाउन लगाउन आग्रह गरेका थिए।

‘आदिपुरुष’ चलचित्रमा भएको विवादित संवाद भारतमा नहटाइएपछि महानगरका हलहरूबाट सबै भारतीय फिल्म रोक्ने तयारी गरेको महानगर स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार ‘तीन दिन बितिसक्दा पनि भारतमा प्रदर्शन भइरहेको उक्त विवादित अंश फिल्मबाट हटाइएको छैन’ । नगर प्रहरीहरूले भोलिदेखि भारतीय फिल्म प्रदर्शन नगर्न आज सबै हलहरूमा आग्रह गरेको छ ।

यस्तै, बालेनले उक्त विवादित अंश नेपालमा मात्र नभई भारतमा समेत तीन दिनभित्र हटाउनु पर्ने र नहटाए महानगरभित्र सबै भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने चेतावनी दिएका थिए।


क्याटेगोरी : मनोरञ्जन

तपाईको प्रतिक्रिया