Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसिमेन्टको मूल्य पुरानै कायम

सिमेन्टको मूल्य पुरानै कायम


काठमाडौं । केही समयअघि प्रतिबोरा एक सय रुपैयाँ बढाइएको सिमेन्टको मूल्यलाई घटाइएको छ । सिमेन्ट उत्पादक कम्पनीहरूले बढाएको मूल्य घटाएर साविककै मूल्य कायम गरेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

महासंघले सिमेन्ट उत्पादक कम्पनीहरूले एकतर्फीरूपमा मूल्य बढाएको भन्दै घटाउन माग गर्दै आएको थियो । महासंघको मागबमोजिम नै सिमेन्टको पुरानै मूल्य कायम भएको महासंघका महासचिव रोशन दाहालले मंगलबार एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् । राज्यबाट व्यवसायीले निर्माण कार्य गरेको भुक्तानी नपाएको कारण समग्र निर्माण उद्योग नै समस्याग्रस्त रहेको विषम परिस्थितिलाई मध्यनजर गरी महासंघको आग्रहमा नेपाल सिमेन्ट उत्पादक संघलगायत सिमेन्ट उद्योगीहरूले मूल्यवृद्धि घटाइ पुरानै अवस्थामा कायम गरिएको महासंघको भनाइ छ ।

महासंघको आग्रहबमोजिम मूल्य घटाइदिएको भन्दै महासंघले विज्ञप्तिमार्फत नेपाल सिमेन्ट उत्पादक संघलगायत सिमेण्ट उद्योगीहरूलाई धन्यवाद समेत दिएको छ । त्यस्तै, महासंघले मुल्यवृद्धि घटाउन आवश्यक पहल तथा समन्वय गरिदिने नेपाल सरकारका सबै सम्बन्धित निकायहरूप्रति कृतज्ञता व्यक्त गरेको छ । साथै महासंघको समस्या समाधानका लागि सदाझै महत्वपूर्ण भूमिका निर्वाह गरिदिने समस्त सञ्चार माध्यमहरूप्रति पनि महासंघले विज्ञप्तिमार्फत् विशेष आभार व्यक्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया