Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा मोटर्स फन कार्निभल ३.० आयोजना

टाटा मोटर्स फन कार्निभल ३.० आयोजना


काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टाटा मोटर्स फन कार्निभल ३.० कार्यक्रमको आयोजना गर्न लागेको छ ।

कम्पनीले आज अर्थात् शुक्रबारदेखि आइतबारसम्म उपत्यकाभित्र टाटा मोटर्सको सोरुम थापाथली, वेस्टर्न मोटर्स महाराजगञ्ज, जेबी मोटर्स बालकुमारीमा, सिप्रदी ट्रेडिङ प्रालि राधेराधे, भक्तपुर र उपत्यकाबाहिर इटहरी र धनगढीमा यो कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरूसँग नेपालमा सर्वाधिक रूचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त नेक्सन ईभी र टियागो ईभीलगायतका गाडीहरू साट्न सकिनेछ । ग्राहकको परिवर्तित जीवनशैली र अत्याधुनिक सवारीप्रतिको रूचि तथा चाहनालाई मध्यनजर गर्दै यस मेलाको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

फन कार्निभल ३.० मा टाटाका गाडी किन्ने ग्राहकहरूले आकर्षक एक्सचेन्ज बोनस, निःशुल्करूपमा ईभी गाडीका लागि फास्ट चार्जर, एक वर्षको अटोप्लस इन्स्योरेन्स, एक वर्षको सवारी कर, एक्सेसरिज, सरप्राइज गिफ्ट र बम्पर उपहारमा इलेक्ट्रिकल स्कुटर प्राप्त गर्नेछन् । कार्यक्रममा टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू अवलोकन तथा टेस्ट ड्राइभ पनि गर्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया