Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङका ए सिरिजका नयाँ स्मार्टफोन नेपालमा

सामसङका ए सिरिजका नयाँ स्मार्टफोन नेपालमा


काठमाडौं । सामसङले ग्यालेक्सी ए सिरिजका दुई नयाँ फोन नेपालमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले ग्यालेक्सी ए०५ र ग्यालेक्सी ए०५एस सार्वजनिक गर्न लागेको हो ।

अधिक सुलभ मूल्य र अभूतपूर्व विशेषताहरूले भरिएको यी नयाँ मोडलहरूको उपलब्धता सँगसँगै सामसङको इन्ट्री–लेभलका फोनको समूहले बहुप्रतिक्षित अपडेट प्राप्त गर्नेछ । कम्पनीका अनुसार ग्यालेक्सी ए०५ मा दुई प्रकारको मेमोरी ४/६४ जीबी र ६/१२८ जीबी रहनेछन् र ग्यालेक्सी ए०५एस मा ४/१२८ जीबी र ६/१२८ जीबी मेमोरी भरियन्टहरू रहनेछन् । यी नयाँ दुवै फोनमा क्रमशः ६.७ इन्च र ६.७२ इन्चका स्क्रिनहरूसहितको ५० एमपी प्राइमरी क्यामरा जडित छन् । दुवै नयाँ स्मार्टफोनहरूले अतिरिक्त स्टोरेज विकल्पसहितको माइक्रो एसडीका साथ एक टीबी बाह्य मेमोरीलाई समर्थन गर्नेछन्, जसका कारण प्रयोगकर्ताहरूले उनीहरूले क्याप्चर गरेका सबै मेमोरीहरू र स्टोरीहरूलाई सजिलै सुरक्षित राख्न सक्छन् ।

ग्यालेक्सी ए०५ मा भएको अद्भूत ५० एमपी क्यामरालाई पछाडिपट्टि २ एमपीको देप्थ लेन्स र अगाडिपट्टि ८ एमपी क्यामराले साथ दिएका छन् । यस्तै, ग्यालेक्सी ए०५एसमा म्याक्रो लेन्स र अगाडिपट्टि १३ एमपी क्यामरा, दुई एमपी प्राइमरी क्यामराका साथ तीनवटा लेन्सयुक्त पछाडिको क्यामराबाट कुनै पनि पल क्याप्चर गर्न सक्नेछ । ग्यालेक्सी ए०५एस सम्पूर्ण नयाँ क्वालकोम स्न्यापड्रागन ६८० प्रोसेसरद्वारा सुसज्जित छ, जसले अत्यन्त उत्कृष्ट कार्य सम्पादनका साथ गेमिङ, अवलोकन र साझा गर्ने कार्यलाई निर्वाध तवरले चालू राखिदिन्छ । साथै, ग्यालेक्सी ए०५ एसमा साइड माउण्ट फिंगरप्रिन्ट सेन्सर पनि जडान गरिएको छ । यी दुवै नयाँ मोडलहरूमा ५००० एमएएच क्षमताको ब्याट्री रहेको छ । यी फोनहरूमा २५ वाटको ओरिजिनल एडप्टर पनि रहेको छ ।

सासमङ ग्यालेक्सी ए०५ आकर्षक कालो, हल्का हरियो र रजत रङ्गहरूमा उपलब्ध हुनेछन् । यसको बजार मूल्य ४/६४ जीबीको लागि १४ हजार नौ सय ९९ रुपैयाँ र ६/१२८ जीबीको लागि १८ हजार नौ सय ९९ रुपैयाँ कायम गरिनेछ । यसैगरी ग्यालेक्सी ए०५ एस कालो, हल्का हरियो र हल्का बैजनी रङ्गहरूमा उपलब्ध हुनेछन् । यसको बजार मूल्य ४/१२८ जीबीको लागि २१ हजार ९९९ रुपैयाँ र ६/१२८ जीबीको लागि २३ हजार नौ सय ९९ रुपैयाँ कायम गरिने कम्पनीले जनाएको छ । साथै, यी फोनहरू कुनै पनि अधिकृत सामसङ स्टोरहरूमा गई इन्स्टा फाइनान्स सेवाका साथ सजिलैसँग किन्न सकिनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया