Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपरिसंघ र इन्डियन चेम्बरबीच समझदारी

परिसंघ र इन्डियन चेम्बरबीच समझदारी


काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र इन्डियन चेम्बर अफ कमर्स(आईसीसी)बीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्नेसम्बन्धी दुईवटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । युनियन अफ एसियन चेम्बर (यूएसी) र समावेशिता तथा लैंगिक समानताका लागि सहकार्य गर्ने विषयमा समझदारी गरिएको हो । परिसंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवाल र इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष अमेया प्रभुले सम्झौतामा हस्ताक्षर गरेका थिए । यो साझेदारीले नेपाल र भारतबीच आर्थिक सम्बन्ध अभिवृद्धि गर्न सरोकारवालालाई प्लाटफर्म प्रदान गर्ने बताइएको छ । साथै, दुई देशबीच द्वि–पक्षीय सम्बन्ध विस्तार तथा पारस्परिक हितका लागि सहकार्य हुनेछ ।

परिसंघका अध्यक्ष अग्रवालले नेपालमा लगानीका लागि भारतीय लगानीकर्ताहरूलाई आग्रह गरे । उनले नेपालको स्वास्थ्य सेवा क्षेत्रभित्रको अपार सम्भावना, शिक्षा र चियालगायतका क्षेत्रमा भएको लगानीको अवसरहरूको बारेमा जानकारी गराएका थिए । इन्डियन चेम्बर अफ कमर्सका अध्यक्ष प्रभुले दुवै देशले संयुक्त उद्यम र साझेदारीको हरेक अवसरको सदुपयोग गर्नुपर्ने बताए । पारस्परिक समृद्धि र दिगो विकासका लागि यस्ता सहकार्यको रणनीतिक महत्व रहेको उनको भनाइ थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया