Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजीडब्लुएमले वार्षिक बिक्रीको रेकर्ड तोड्यो

जीडब्लुएमले वार्षिक बिक्रीको रेकर्ड तोड्यो


काठमाडौं । जीडब्लुएमले लगातार आठ वर्षको वार्षिक बिक्रीको रेकर्डलाई तोडेको छ । कम्पनीले सन् २०२३ मा एक दशमलव २३ मिलियन इकाइहरू बिक्री गर्दै आफ्नो अन्तर्राष्ट्रिय बजार विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ ।

यसअघि कम्पनीले एक मिलियनको हाराहारीमा मात्रै बिक्री वितरण गर्ने गरेको थियो । कम्पनीले यस प्रभावशाली उपलब्धि जीडब्लुएमको टेक्नोलोजी र बजार रणनीतिले गर्दा पाएको उल्लेख गरेको छ । साथै, कम्पनीले विश्वव्यापी बजारहरूमा स्थानीय मागहरू पूरा गर्ने उद्देश्य लिएको थियो । आफ्नो प्रस्तावअनुरूप कम्पनीले सार्वजनिक गरेको बलियो इन्जिन र अफ–रोड क्षमताहरूको लागि प्रसिद्ध ट्याङ्क पाँच मिडल इस्टमा लोकप्रिय बनेको थियोे । सोही सफलताको आधारमा कम्पनीको ट्याङ्क सात नोभेम्बरको पूर्व–बिक्रीको अवधिमा मात्र ५५सेकेन्डमा सबैभन्दा धेरै बिक्री भएको कम्पनीले जनाएको छ । यस्तै, कम्पनीको नयाँ इलेक्ट्रिक ब्रान्ड ओरा ईभीले युरोप र दक्षिण अफ्रिकामा प्रशंसा प्राप्त गरेको छ ।

कम्पनीका अनुसार ह्याभल एच ६ एनईभीले ब्राजिलमा उत्कृष्ट चार प्रमुख वार्षिक पुरस्कार प्राप्त गर्न सफल भएको छ । सन् २०२३ दक्षिण अफ्रिकी वार्षिक पिकअप मोडेल प्रतियोगितामा, जीडब्लुएम ए शृत्लाले १००–१२० किलोवाट पावर श्रेणीमा ‘सर्वश्रेष्ठ पिकअप मोडेल’को उपाधि जितेको थियो । यस्तै, ओरा ओथ्रीले ग्रिन एनक्यापबाट एलसिए र टप गियर साउथ अफ्रिका वार्षिक अवार्ड सँगसँगै फाइभ स्टार रेटिङ हासिल गरेको कम्पनीले जनाएको छ । यसैगरी कम्पनीको वे०३, ०५ र ओरा ०३ सबैले युरोपेली ई–एनक्याप फाइभ स्टार मूल्याङ्कन प्राप्त गरेका छन् । कम्पनीको प्राविधिक क्षमताको कारणले तीन लाख युनिटहरू विदेशी बजारमा बिक्री भएको बताइएको छ । यो बजार विस्तारले विश्वव्यापी उद्यमहरूसँगको सहकार्यलाई सहज बनाएको छ ।

जीडब्लुएमले सन् २०२४ मा जीडब्लुएम ग्लोबल फ्यान फेस्टिभललाई प्रयोगकर्ताहरूसँग गहिरो सम्बन्ध राख्न र वर्षका उपलब्धिहरू र आनन्द साझा गर्नको लागि आयोजना गर्ने जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया