Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन

विराटनगर हार्डवेयर संघको अध्यक्षमा जिन्दल चयन


विराटनगर । विराटनगर हार्डवेयर संघको अध्यक्षमा मार्बल एण्ड टायल्स हाउसका सञ्चालक प्रमोदकुमार जिन्दल चयन भएका छन् । संघको १४ औँ वार्षिक साधारणसभाले जिन्दलको अध्यक्षता २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

यस्तै, संघको प्रथम उपाध्यक्षमा भानुु पौडेल, द्वितीय उपाध्यक्षमा कमल अग्रवाल, महासचिवमा देवी पोखरेल, सचिवमा जितेश कोइराला र कोषाध्यक्षमा भरत खेतान चयन भएका छन् । यसैगरी १७ जना हार्डवेयर व्यवसायीलाई सदस्यमा चयन गरिएको छ । उक्त साधारणसभामा विराटनगरमा रहेका सम्पूर्ण हार्डवेयर व्यवसायीहरूको उपस्थिति थियो । संघका नवनिर्वाचित अध्यक्ष जिन्दलले विराटनगर महानगर क्षेत्रभित्रमा सञ्चालन हुने हार्डवेयर व्यवसायलाई व्यवसायमैत्री र पारदर्शी बनाएर लैजाने बताए । यस्तै, उनलै कुुनै क्षेत्रबाट पनि हार्डवेयर व्यवसायीमाथि औंला ठड्याउने अवस्था सिर्जना गर्न नदिने प्रतिबद्धता समेत जनाए ।

यस्तै, उनले आफ्नो कार्यकालमा कुनै पनि हार्डवेयर व्यवसायीहरूबाट राजस्व छली जस्तो गम्भीर काममा संलग्न भएको पाइएमा कठोर कदम चाल्न पनि पछि नपर्ने बताए । राजस्व ठगीजस्तो गम्भीर कार्यमा संलग्न भएको पाइएमा आफू पनि सरकारलाई सहयोग गर्नपछि नपर्ने उनको भनाइ थियो । २०५२ सालमा स्थापना भई हार्डवेयर व्यवसायीको छाता संगठनका रूपमा सक्रिय रहेको संघमा विराटनगरमा रहेका दुई सय २५ जना हार्डवेयर व्यवसायीहरू आवद्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया