Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओमोडाको बिक्रीमा नयाँ रेकर्ड

ओमोडाको बिक्रीमा नयाँ रेकर्ड


ओमोडाले सन् २०२३ मा विद्युतीय सवारी साधनको बिक्रीमा नयाँ रेकर्ड बनाएको छ । कम्पनीले वर्षको अन्तिम महिना डिसेम्बरमा मात्रै १३ हजार छ सय ७७ वटा विद्युतीय सवारीसाधन बिक्री गरेको जनाएको छ ।कम्पनीले सन् २०२३ को अप्रिलमा विद्युतीय सवारी ओमोडा ई५ ब्रान्ड विश्वव्यापीरूपमा लन्च गरेको थियो । कम्पनीले आफ्नो पहिलो शुद्ध विद्युतीय कार ई५ प्रस्तुत गरेर विद्युतीय सवारीसाधनतर्फ आफ्नो चाललाई तीव्रता दिँदै एउटा अद्भुत वर्ष बिताएको जनाएको छ । यो कदमले कम्पनीको उत्पादन दायरा मात्र विस्तार नगरी कारभन्दा बढी प्रयोगकर्ताको इकोसिस्टमप्रतिको प्रतिबद्धतालाई पनि जोड दिएको बताइएको छ । कम्पनीले सन् २०२३ मा सञ्चयी निर्यात बिक्रीमा एक लाख ४७ हजारभन्दा बढी सवारी साधनहरूको प्रभावशाली उपलब्धि हासिल गर्दै तीव्र प्रतिस्पर्धात्मक अटोमोटिभ बजारमा उत्कृष्ट प्रदर्शन गरेको छ ।

कम्पनीका अनुसार वर्षको अन्तिम महिनामा, निर्यात बिक्री १३ हजार छ सय ७७ इकाईमा पुगेको थियो, जुन महिना–दर–महिना १२.६ प्रतिशतको वृद्धि हो । यसबाहेक, २०२३ ओमोडाले उल्लेखनीय सफलता हासिल गरेको वर्ष थियो । विश्वव्यापीरूपमा प्रसिद्ध अनुसन्धान र परामर्श फर्म जेडी पावरद्वारा प्रकाशित ‘२०२३ चाइना प्रारम्भिक गुणस्तर अध्ययन (आईक्युएस)’ रिपोर्टमा कम्पनी प्रारम्भिक गुणस्तरको सन्दर्भमा शीर्ष प्रदर्शनकर्ताको रूपमा उभिएको छ । ब्रान्डले गाईकिण्डो इन्डोनेसिया अन्तर्राष्ट्रिय अटो सो २०२३ मा ‘बेस्ट टेस्ट ड्राइभ एसयुभी’को उपाधि समेत जितेको थियो ।

ओमोडाले मलेसियामा समेत धेरै सम्मानित पुरस्कारहरू जितेको बताइएको छ । यसमा स्टार मिडिया समूहबाट ‘सर्वश्रेष्ठ मिड–साइज क्रसओभर÷एसयुभी’ अवार्ड, कारलिस्ट एक्स वापकार कोटी अवार्ड, इडिटर्स चोइस फर द बेस्ट पाँच सिटर एसयुभी र १९ औँ मलेसिया कार अफ द इयर अवार्ड २०२३ ‘उत्कृष्ट वारेन्ट’ समावेश छ । २०२४ मा ओमोडा आफ्नो उत्पादन म्याट्रिक्सलाई अझ सुधार गर्न र विश्वव्यापी प्रयोगकर्ताहरूसँगको सहकार्यमा ब्रान्ड इकोसिस्टमलाई बढावा दिन तयार रहेको कम्पनीद्वारा विज्ञप्तिमा उल्लेख छ । साथै, कम्पनीले नयाँ दृष्टिकोणका साथ नयाँ कथाहरू सिर्जना गर्न र विश्वव्यापी अटोमोटिभ बजारको उच्च–गुणस्तर विकासमा थप योगदान दिन खोजिरहेको जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया