Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसीतापाइलामा जेके टायरको सोरुम

सीतापाइलामा जेके टायरको सोरुम


काठमाडौं । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सितापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको सोरुम शुभारम्भ गरेको छ । जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रमबीच सोरुमको समुद्घाटन गरेका थिए ।

उक्त अवसरमा नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी, उपाध्यक्ष राजनबाबु श्रेष्ठलगायत अटोमोबाइल क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । ‘माइनिङ एण्ड कन्स्ट्रक्सन पेभिलियन’ को नामबाट सञ्चालित सोरुममा जेके टायरका सबै किसिमका हेभी इक्विपमेन्ट, कन्स्ट्रक्सन तथा इन्डस्ट्रीमा प्रयोग हुने टायरहरू उपलब्ध हुने जनाइएको छ । हेभी इक्विपमेन्ट तथा मेसिनमा प्रयोगअनुसारको टायर परामर्श, क्लेम सेटलमेन्ट तथा आफ्टर सेल्स सर्भिस उपलब्ध हुने जेके ओटीआरका जोनल हेड शुभम् प्रसादले जानकारी दिए । नेपाल तथा दक्षिण एसियाकै जेकेको पहिलो एक्सक्लुसिभ ओटीआर सोरुम भएको र यसले सबै मेसिन तथा इक्विपमेन्ट टायरको बढ्दो माग पूरा गर्ने जानकारी डेल्टा डिस्ट्रिब्युटर्स प्रालिका डाइरेक्टर विक्रम सिंघानियाले दिए ।

अत्याधुनिक मेसिनरीका साथ सबैभन्दा स्वचालित प्रक्रिया र उन्नत प्रविधिले सुसज्जित गरी उत्पादन गरिएका जेके टायर लोकप्रिय मानिन्छन् । कम्पनीले सानो १४ किलोग्रामको फोर्कलिफ्ट टायरदेखि भारतको सबैभन्दा ठूलो ४०.००–५७ साइज, करिब तीन हजार चार सय किलोग्राम तौल र १२ फिट ब्यास भएको टायर समेत उत्पादन गर्दै आएको छ, जुन ठूलो रिजिड डम्प ट्रकका लागि उपयोग गरिन्छ । जेके टायरले सन् १९७७ मा राजस्थानको कान्क्रोली टायर प्लान्टमा टायर उत्पादन गर्न प्रारम्भ गरेको थियो । हाल यसका भारतमा नौ र मेक्सिकोमा तीन गरी १२ प्लान्ट छन्, जसमार्फत वार्षिकरूपमा तीन करोड ५० लाख युनिटभन्दा बढी टायर उत्पादन हुन्छन् । विश्वका १०५ देशमा १८० भन्दा बढी ग्लोबल डिस्ट्रिब्युटरमार्फत जेके टायर बिक्री–वितरण हुँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया