Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटीभीएस एनटर्कको एक लाख माइलस्टोन पूरा

टीभीएस एनटर्कको एक लाख माइलस्टोन पूरा


काठमाडौं । नेपालको लागि टीभीएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा ल्याएको स्कुटर टीभीएस एन टर्कले एक लाख माइलस्टोन पूरा गर्न सफल भएको छ ।

२०१८ मा नेपालमा लन्च भएलगत्तै नेपालीमाझ लोकप्रिय नेपालको पहिलो स्पोर्टी स्मार्ट स्कुटर टीभीएस एनटर्क एक लाख बिक्री भइसकेको छ । बलियो र स्टाइलिस लुक तथा स्मार्ट फिचरले गर्दा टीभीएस एनटर्कले चाँडै ग्राहकहरूको विश्वास जित्न सफल भएको हो । जगदम्बा मोटर्सका म्यानेजिङ डाइेरक्टर साहिल अग्रवालले लन्च गरेको यति छोटो अवधिमै एक लाख एनटर्कहरू रोडमा गुडिसकेको बताए । टीभीएस एनटर्क बेस्ट–इन–क्लास पावर, पिक–अप र पर्फर्मेन्सका लागि लोकप्रिय छ । यसको टीभीएस एनटर्क ड्रम आकर्षक मूल्यका कारण बढी रुचाइएको छ भने हालसालै लन्च भएको टीभीएस एनटर्क एक्सपीले माइलेज र पावरको उत्कृष्ट कम्बिनेसन प्रदान गर्छ ।

टीभीएस एक्सपिमा आरटी–एफ्आई प्रविधि, भोइस कमान्ड, राइड मोडलगायत ६० वटाभन्दा धेरै स्मार्ट कनेक्ट फिचरहरू उपलब्ध छन् । नेपाली बजारमा अत्याधुनिक प्रविधियुक्त स्कुटरहरू उपलब्ध गराउने टीभीएस पहिलो कम्पनी हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया