Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोशी प्रदेशका उद्योगी व्यवसायीको अभिलेख अनलाइनमा राखिने

कोशी प्रदेशका उद्योगी व्यवसायीको अभिलेख अनलाइनमा राखिने


विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रदेशका जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूमा व्यवसायीको अभिलेख अनलाइन माध्यममा राख्ने भएको छ । महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतका अनुसार अनलाइनबाट नै सदस्यता फारम भर्न सकिने व्यवस्था गरिएको हो ।

अनलाइन प्रणाली जडानका लागि सुुरुमा ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरूलाई समेटिएको उनले बताए । नयाँ सफ्टवेरमा तथ्यांक संकलन र व्यस्थापन भएपछि व्यवसायको प्रकृति र क्षेत्र, स्वामित्वको संरचना, अधिकृत र चालू पुँजी, कर्मचारी तथा कामदारको स्थायित्व एवम् लैंगिक अनुपातलगायतका तथ्याङ्क सम्बन्धित जिल्ला तथा नगर उद्योग वाणिज्य संघले राख्न उनले जानकारी दिए ।

यस्तै, उनले अनलाइनबाट नै सदस्य बन्न तथा नवीकरण गर्न सकिने गरी मोबाइल एप पनि निर्माण गरी सञ्चालनमा ल्याइएको बताए । सो सफ्वेटवेर सञ्चालनको प्रारम्भिक अनुशिक्षण तीस वटै संघहरूलाई उपलब्ध गराइसकिएको र क्रमशः संचालन र व्यस्थापनका लागि आवश्यक सहयोग महासंघले गर्ने उनले जानकारी दिए । जिल्ला नगर उद्योग वाणिज्य संघमा जडान भएको सफ्टवेयरमा प्रशासनिक तथ्यांक, लेखा व्यवस्थापन र अन्य सुचना व्यवस्थापनको सुविधा रहनेछन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, प्रदेश समाचार, कोशी प्रदेश
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया