पीपीएलका उत्कृष्ट खेलाडीहरु पुरस्कृत
काठमाडौं,पुस १७
नेपालको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पीपीएलका उत्कृष्ट खेलाडीहरुलाई टीभीएस अपाचेले पुरस्कृत गरेको छ । उक्त प्रतियोगिताको प्रायोजक रहेको टीभीएस अपाचेले प्रतियोगिताका सर्वश्रेष्ठ खेलाडीहरुलाई टीभीएस अपाचे बाइकद्वारा पुरस्कृत गर्ने घोषणा गरे बमोजिम प्रतियोगितामा उत्कृष्ट साबित भएका तीन जना क्रिकेट खेलाडीहरुलाई उक्त पुरस्कार प्रदान गरेको हो ।
कम्पनीका उपाध्यक्ष दीपक अग्रवाल स्वयंको उपस्थितिबीच पुरस्कारका बाइकहरु सम्बद्ध खेलाडीलाई प्रदान गरिएको थियो । जस अनुसार प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान ज्ञानेन्द्र मल्ल, म्यान अफ दी सिरिज रोहन मुस्तफा र उत्कृष्ट बलर करण के.सी. प्रत्येकले एक एकवटा टीभीएस अपाचे आरटीआर २०० फोरभी अपाचे १६० फोरभी अपाचे १६० टुभी प्राप्त गरेका छन् ।
उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार हस्तान्तरण गरेपछि जगदम्बा मोटर्सका उपाध्यक्ष अग्रवालले भने, ‘वास्तवमा खेलाडीहरु आफ्नो उत्कृष्ट प्रदर्शनीबाट नै अन्यमाझ चिनिने गर्दछन्, त्यस्तै टीभीएस अपाचे पनि आफ्नो विश्वविख्यात प्रविधिको कारण अरुहरुमाझ परिचित रहँदै आएको छ । पीपीएलका उत्कृष्ट खेलाडीहरुलाई तथा विजेता टिमलाई बधाई दिंदै आगामी दिनमा पनि यस्तै सफलताको कामना गर्दछु ।’
नेपालभित्र खेलाइने यसप्रकारका प्रतियोगिताहरुलाई प्रवद्र्धन गर्ने उद्देश्य जगदम्बा मोटर्सले लिँदै आएको छ । सोही उद्देश्य अनुरुप क्वीन्स इभेन्टको आयोजना रहेको पीपीएलमा पनि टीभीएस अपाचेको साथ कम्पनी जोडिएको थियो । पोखरामा सम्पन्न पीपीएल प्रतियोगिताको दोस्रो संस्करणमा टीभीएस अपाचे बाइक पावर्डतर्फको प्रायोजक रहेको थियो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया